पहिलो चरणको मतदान सम्पन्न, ७० प्रतिशत पुग्ने अायोगको अनुमान



हाम्रो इकोनोमि

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३२ जिल्लामा आईतबार भएको निर्वाचनमा औसतमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव मुकुन्द शर्माका अनुसार जिल्लाबाट विवरण आइरहेकाले सुरुवाती आँकडा हेर्दा करिब  ७० प्रतिशत मत खसेको हुनसक्ने अनुमान रहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाको लागि भएको निर्वाचन ४ हजार ४ सय ६५ मतदान केन्द्रहेका थिए ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो । बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा अन्र्तगत भएको निर्वाचनमा प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पााचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंम्बर ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नंम्बर ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नंम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान भएको छ ।

पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...