पहिलो चरणको मतदान सम्पन्न, ७० प्रतिशत पुग्ने अायोगको अनुमान



हाम्रो इकोनोमि

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३२ जिल्लामा आईतबार भएको निर्वाचनमा औसतमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव मुकुन्द शर्माका अनुसार जिल्लाबाट विवरण आइरहेकाले सुरुवाती आँकडा हेर्दा करिब  ७० प्रतिशत मत खसेको हुनसक्ने अनुमान रहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाको लागि भएको निर्वाचन ४ हजार ४ सय ६५ मतदान केन्द्रहेका थिए ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो । बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा अन्र्तगत भएको निर्वाचनमा प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पााचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंम्बर ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नंम्बर ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नंम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान भएको छ ।

पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...