आफ्नैले धारे हात लगाएका यी हुन् अलोकप्रिय गगन थापा,कतिको राजनिती धोबी खोलामा बगाए यस्तो छ नालीबेली



बाहिर महल, भित्र दुर्घन्धित ढल’ भन्ने नेपाली उखान अहिले काठमाडौँ क्षेत्र नम्बर–४ को चुनावी प्रचारमा सक्रिय कांग्रेसका नेता गगन थापामा ठ्याक्कै लागु भएको छ ।
सञ्चारमाध्ययमले अनावश्यक चर्चामा ल्याएकै कारण एकपछि अर्को सफलता हात पार्दै गएका गगनका गगनचुम्वी सपनाहरु यसै पटक गल्र्यामगुर्लुम्म ढल्ले निश्चित भएसँगै त्यो उखान उनमा ठ्याक्कै लागू हुने भएको हो ।

कांग्रेसका स्वर्गीय नेता गिरिजाबाबूको समेत त्यति रोजाईमा नपरेका गगन जब संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिक तर्फबाट सभासद् बन्ने मौका पाए त्यसपछि भने उनको चर्चिफूर्तिले झन आकाश छोयो । त्रिचन्द्र कलेजको सभापति हुँदादेखि नै विवादास्पद क्रियाकलापमा मुछिदैँ आएका गगनका विवादास्पद छवी सञ्चारमाध्यमकै कारण ओझेल पर्दै आएका थिए । तर, गगन भने एकपछि अर्को गर्दै सफलताको सिँढी चढ्दै आए ।
राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा समेत निकै चर्चा कमाउँदै आएका गगनले जब काठमाडौँ क्षेत्र नम्बर–४ का जनताको भोट पाएर संविधानसभाको दोस्रो निर्वाचनमा सभासद्, सांसद् र मन्त्रीसम्म बन्ने अवसर प्राप्त गरे । पछि तिनै जनतालाई अबमुल्यन गर्न थालेपछि यो चिर्वाचनमा उनी नराम्ररी पराजित हुने निश्चित भएको छ । उनको अलोकप्रियतासँगै अहिले उनको क्षेत्रमा दुई वामहरु एकै ठाउँ हुनुले पनि उनका लागि यो निर्वाचन फलामको च्यूरा सरह भएको छ । त्यसो त उनका प्रतिष्पर्धी डा. राजन भट्टराई स्वयं परराष्ट्र विज्ञ हुन् । अन्तराष्ट्रिय रुपमा समेत असल छवि बनाएका राजन उनका लागि अझ भारी उम्मेदवार हुन् ।
सञ्चारमाध्ययममा लोकप्रिय बनेपनि गगन आफ्नै पार्टीका कार्यकर्ता र आफ्नै क्षेत्रका मतदाताका बीचमा भने किन अलोकप्रिय बने त ?
आफ्नै कमजोरीका कारण हारको संघारमा पुगेका गगनका आधा दर्जन बढी कमजोरी उनको क्षेत्रमा अहिले छताछुल्ल भएको छ ।
गगन हावी हुँदा पुराना नेता रुष्ट

धेरैले गगनलाई काठमाडौँको वासिन्दाको रुपमा चिन्ने गरेका छन् । तर, गगन काठमाडौँका रैथाने होइनन् । उनको पुख्र्यौली घर सोलुखुम्बुको सल्यान हो । त्यसो त उनले पटक–पटक आफ्नो क्षेत्रका गाउँहरुमा गएर भाषण गर्दा यो मेरो आफ्नौ गाउँ हो भन्ने गरेका छन् । वक्तृत्व कलामा माहिर गगन जनताका अगाडि नभए पनि हो भनेर झुक्याउन माहिर मानिन्छन् ।
यद्यपि अहिले काठमाडौँकै रैथाने जसरी लामो समयदेखि राजनीतिमा सक्रिय कांग्रेसका नेताहरुलाई एकपछि अर्को गर्दै पाखा लगाएर गगन हावी भएपछि कांग्रेसका यो क्षेत्रका पुराना कार्यकर्ता निकै रुष्ट बनेका छन् । ‘गगन बाबूले यो क्षेत्रमा आएर सक्रिय राजनीति गरेको १० वर्ष मात्र भयो,’ यही क्षेत्रका कांग्रेसका एक पुराना नेताले भने, ‘तर, उनले आफूलाई देवत्वकरण गरेर राजनीतिमा हावी गराउन थालेपछि हामीले वर्षौदेखि गरेको राजनीति समेत अहिले वेकार जस्तो भएको छ । हामीलाई समेत उनले पाखा लगाउन थाले ।’
गगनको अनावश्यक सक्रियताबाट दिक्क बनेका ती पुराना कार्यकर्ताको मनसायले नै प्रष्ट हुन्छ । उनी यो पटक गगन छाड्ने र अरु रोज्ने मनस्थितिमा छन् ।
आफ्नै मतदाताका लागि गगन विराना
संविधानसभाको दोस्रो निर्वाचनका बेला दुई छाक भात पनि राम्रोसँग नखाई क्षेत्र नम्बर–४ का जनताले गगनलाई भारी मतसहित विजयी बनाएर पठाए । यहीँका जनताको भोटबाट गगन सभासद् र सांसद् मात्र भएनन् । उनी मन्त्री पनि भए । तर, क्षेत्र नम्बर–४ का जनता भने गगनले चुनाव जितेपछि वैरी जस्ता भए । गगन सांसद् भए । तर, त्यहाँका स्थानीय एक जना पनि मतदाताले जागिर पाएनन् । त्यति मात्र होइन उनको स्वकीय सचिव पनि त्यहाँका स्थानीय कार्यकर्ता अटाउन सकेनन् । गगन मन्त्री भए । त्यो बेला उनले प्रेस सल्लाहकार बनाए । सचिवालय पनि टनाटन भयो । तर, त्यहाँ पनि गगनकै ‘कोटरी’का व्यक्तिहरुको हालीमुहाली भयो । उनलाई मतदिने मतदाता चाहिँ टुलुटुलु उनीहरुको हालीमुहालीलाई निहालेर बस्न बाध्य भए । सेवाको पद उनीहरुका लागि ‘मृगमरिचीको कथा’ जस्तो बन्यो ।

स्थानीय चुनावमा इच्छा नै नगरेका राजुलाई उचाले अन्तिममा पछारे
गगन कहिल्यै पनि शेरबहादुर निकट भएनन् । पछिल्लो समय रामचन्द्रका पनि बन्न नसकेका उनी बरु कृष्ण सिटौलाका बने । सिटौलाकै कोटामा मन्त्री चप्काएका गगन आफ्नै क्षेत्रमा चाहिँ कति अलोकप्रिय छन् भन्ने उदाहरण केही महिना अघि सम्पन्न स्थानीय निर्वाचनलाई हेरे पुग्छ ।
गगनले केही महिना अघि सम्पन्न स्थानीय निर्वाचनमा क्षेत्रीय सभापति राजु श्रेष्ठलाई बुढानिलकण्ठ नगरपालिकाको मेयर बन्न उकासेनन् मात्र उम्मेदवार बनेपछि जिताउने ठेक्का पनि मेरै हो भनेर फुक्र्याए । नदीको दुई किनार जस्ता गगन र राजुको त्यो मेललाई धेरैले आशंकाको रुपमा समेत हेरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निकटका श्रेष्ठले पनि केही समय त गगनलाई विश्वास गरे । गगनकै आडमा उम्मेदवार बनेका राजुलाई विस्तारै असहयोग गर्दै गएपछि मात्र उनले लख काटे । त्यतिबेलासम्म समय घर्कीसकेको थियो । नभन्दै राजुले करिब ४५ सयको मतअन्तरले मेयरमा चुनाव हारे । स्रोतका अनुसार राजु अहिले लोकलाई देखाउन गगनको पक्षमा भोट माग्दै त हिडेका छन् । तर, उनको दिल भने खुश छैन । कतिसम्म भने गगनले वडाध्यक्षहरुमा समेत राजुकै मान्छे उठाउन दिए । तर, पछि गगनको असहयोगले अधिकांश वडाध्यक्ष समेत पराजित भए ।
राजुलाई मेयरमा चिप्ल्याए, राजुले चिप्ल्याएका नुच्छे समानुपातिकमा
गगनको हारको अर्को कारण भनेको नुच्छे र राजुको जुँगाको लडाईँ पनि हो । जानकारहरुका अनुसार राजु त्यति लामो राजनीतिक पृष्ठभूमि भएका व्यक्ति होइनन् । शेरबहादुर निकट भएकै कारण राजु राजनीतिमा स्थापित भएपछि सबै भन्दा बढी टाउको दुखाई गगनलाई नै भयो । उनले राजुलाई साइजमा ल्याउन नुच्छेलाई अघि सारे । तर, नुच्छेलाई क्षेत्रीय सभापतिमै राजुले पछारेपछि नुच्छेको मात्र होइन गगनको पनि राजनीतिमा धक्का लाग्यो । गगनले त्यही बदला स्थानीय निर्वाचनमा लिएपछि अहिले राजु गगनको पक्षमा त्यति खुलेर नलागेको स्रोतको दाबी छ ।
कपनका मतदाता रुष्ट, चुनीखलेमा हर्ष न विस्मत

काठमाडौँ क्षेत्र नम्बर–४ को सबै भन्दा बढी चर्चामा रहेको कपनका २० हजार मतदाता अहिले गगनको ‘भित्र खोक्रो बारिह वोक्रो’ प्रचार शैलीबाट दिक्क मात्र वनेका छैनन् । ‘जुरो भएको साँढे भन्दा खेत जोत्न सक्ने लुरे गोरु नै ठीक’ भन्ने मनस्थितिमा पुगेका छन् । ‘गगनजीको हल्ला बढी काम शून्यलाई हामीले चार वर्ष हेर्यौँ,’ कांग्रेसकै एक मतदाताले भने, ‘अब फेरि पाँच वर्ष हेर्नु पर्ला जस्तो लागेको छैन ।’

गगनले पटक–पटक कपनका मतदातालाई हेपेको समेत आरोप ती मतदाताको छ । ‘कपनमा करिब २० हजार मतदाता छन्, स्थानीय निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसबाट शून्य प्रतिनिधित्व भयो,’ ती मतदाताले भने, ‘अहिले पनि १ हजार मतदाता भएको चुनीखेलका व्यक्तिलाई गगनले (गगनको कोटरी भित्र रहेकै कारण) समानुपातिकमा राखे । यहाँबाट खोइ ? यसको हिसाव मंसिर २० गतेको व्यालेटले गर्ने छ ।’ ती मतदाताले अझ थपे– ‘गगनले कपनलाई निकै उपेक्षा गरे । यो कुरा त प्रष्ट देखिएकै छ ।’ स्थानीय निर्वाचनमा एमालेले उप–मेयर कपनबाट उठाएको पनि ती मतदाताले स्मरण गराए ।
माननीयको ६ महिनामा सिम परिवर्तन, जनता सडकको धुलोमा

अझ गज्जबको कुरा त के छ भने सञ्चारमाध्ययमले मध्यरातमा सम्पर्क गर्दा पनि उपलब्ध हुने गगन माननीय र मन्त्री हुँदा मतदाताका लागि भने टेलिभिजनका पर्दामा मात्र उपलब्ध भए । ‘हरेक ६–६ महिनामा उहाँको सिमकार्ड परिवर्तन हुन्थ्यो,’ त्यहीका एक मतदाताले भने, ‘उहाँ मन्त्री र सांसद् हुँदा सञ्चारमाध्ययममा दिनहुँ देखिनुहुन्थ्यो । हामी मतदाताले चाहिँ अहिले निर्वाचन आएपछि मात्र दिनहुँ देख्न थालेका छौँ ।’
जनतासँग सम्पर्क गर्ने गगनको नम्बर उनकै आसेपासेसँग हुन्थ्यो । सम्पर्क गर्ने सिम नै ६–६ महिनामा परिवर्तन गर्ने भएपछि गगनलाई मतदाताले नभेट्नु स्वाभाविक नै थियो । ‘फोनमा सम्पर्क नहुने घरमा भेट्न जाँदा ‘मेन गेट’ नै खुल्दैनथ्यो । १० वजेसम्म ढोका नखुलेपछि धेरै पटक सडकको धुलो खाएर फर्कियौँ तर गगन भेट्न सकेनौँ,’ अर्का एक मतदाताले भने । त्यति मात्र होइन गगनले नेपाल सरकारका नियमित कार्यक्रमलाई समेत आफैले गरेको भन्दै मिडियावाजी गर्ने गरेको पनि कांग्रेसकै मतदाताको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको