हार्ने निश्चित भएपछी देउवाको सल्लाहमा निधी अस्पताल भर्ना,अस्पतालको बसाई लम्ब्याउन र राजनीति जोगाउन यसरी मिलाए सेटिंग



हाम्रो इकोनोमि

नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि यतिबेला राजधानीस्थित ओम अस्पतालमा ‘उपचारार्थ’ भर्ना भएका छन् । सामान्य अस्वस्थताका कारण चिकित्सकीय जाँचका लागि भन्दै अस्पताल गएका निधि साता दिन नाघिसक्दा पनि डिस्चार्ज भएका छैनन् । बुझिएअनुसार उनले अझै केही दिन अस्पतालमै आराम गर्नुपर्ने चिकित्सकीय सुझाव छ । धनुषा–३ बाट प्रतिनिधसभाका लागि प्रत्यक्ष उम्मेदवारी दिएका निधि चुनाव प्रचारप्रसारको चटारो छोडेर यसरी ढुक्कैले अस्पताल बसेको सन्दर्भ यतिबेला निकै चासोको विषय र रहश्यपूर्ण पनि ठानिएको छ ।
धेरैले ठानेका छन्– प्रतिष्पर्धी राजेन्द्र महतोलाई मात दिन हम्मे–हम्मे परेपछि बिरामी भएको बहाना बनाएर निधि ‘सहानुभूतिको भोट’ बटुल्न खोजिरहेका छन् । तर यथार्थ भने ठिक उल्टो रहेको बुझिएको छ । अब चुनाव जित्नका लागि होइन हार्नका लागि, अर्थात् निर्वाचन छल्नका लागि निधि अस्पतालको बसाई लम्ब्याइरहेका छन् ।

साँच्चै बिरामी परेको ठानेर यसबीच धेरै शुभचिन्तकहरूले निधिलाई ओम अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गरेका छन् । अस्पतालसम्मै पुगेर उनको स्वास्थ्यप्रति चिन्ता जताउनेमा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीदेखि प्रधानमन्त्री शेरबहादुर देउवासमेत छन् । सामान्य छाती दुःखेको भन्दै जनकपुरबाट सोझै ओम अस्पताल छिरेका निधिलाई ‘पछिल्लो चरणमा निमोनिया देखिएकोले अस्पतालमै आराम गर्नुपर्ने अवस्था निम्तिएको’ बताइएको छ । महत्वपूर्ण चुनावको बेला, आफूलाई राष्ट्रिय स्तरको नेता दाबी गर्ने निधि आफ्नो क्षेत्रका अलावा मुलुकभर पार्टीको प्रचारमा निस्कनुपर्ने दायित्व बोकेका व्यक्ति हुन् । तर, दर्बिला प्रतिष्पर्धी राजपाका राजेन्द्र महतोलाई मैदानमा एक्लै छोडेर उनी अस्पतालमा ढुक्कले कसरी बस्न सके होलान् ? यसबारे रोचक तथ्य घटना र विचारको जानकारीमा आउको छ ।

विश्वस्त सुत्रका अनुसार निर्वाचन हार्ने निश्चित भएपछि निधि ‘बिरामी’ भएर अस्पताल गएका हुन् । सुत्रको दाबीअनुसार निधि अब प्रतिनिधिसभामा नभई राज्यसभाका सदस्य बन्ने छन् । शुरुमा इन्कार गरे पनि शेरबहादुर देउवालगायत शक्तिशाली भूमिकामा रहेका कतिपय पात्रले ‘कन्भिन्स’ गरेपछि उनी राज्यसभा सदस्यमा मनोनित भएर जान तयार भएका हुन् । विमलेन्द्रलाई राज्यसभा सदस्य बनाउने, धनुषा–३ बाट निर्वाचित प्रतिनिधिचाहिँ राजेन्द्र महतो नै हुने गरी उच्च तहमा एक विशेष सहमति नै भएको छ । विमलेन्द्र र राजेन्द्रका अलावा यस सहमतिमा राजपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस सभापति शेरबहादुर देउवालगायत वाह्य शक्तिसमेत संलग्न छन् । चुनाव हार्ने कुरा सम्झाएर पछि राज्यसभाका लागि मनोनित हुन र धनुषा–३ राजेन्द्र महतोलाई छोडिदिनका लागि निधिलाई फकाउन देउवाले विशेष कसरत गर्नुपरेको बताइन्छ । निधिले आफ्नो प्रचारप्रसार नगर्ने सहमति भएअनुसार चुनावी मैदान छोड्ने बहाना खोजी गर्दा ‘बिरामी’ बनेर अस्पताल बस्ने उपाय उचित ठानिएको पनि स्रोत दाबी गर्दछ ।
यसरी, अब धनुषा–३ बाट राजेन्द्र महतो विजयी बन्ने लगभग निश्चित मानिएको छ भने विमलेन्द्र निधिचाहिँ भविष्यमा राज्यसभा सदस्यका रूपमा देखिने छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...