सिराहामा गोइत समुहले गोली चलाउदा दुई प्रहरी गम्भीर घाइते



हाम्रो इकोनोमि

सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् ।

आइतबार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकीमा कार्यत उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिराहले जनाएको छ ।
गोली कसले र किन चलाएको भन्ने खुलेको छैन ।
मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।

घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला, धरान लगिएको छ । सिराहामा यसअघि दुई स्थानमा बम विस्फोट भएका थिए ।
विस्फोटको कसैले जिम्मा नलिएपनि तराईमा भूमिगत समूह जयकृष्ण गोइत समूहको पर्चाहरु भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...