तीन करोडको घर खरिद गरेकी देउवा पत्नी आरजुले यसरी नेता खरिद गरिन,प्रचण्डका पीए सम्म खरिद हुदा अरु कतिलाई किनिन आरजुले ?



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका चार जना केन्द्रीय सदस्य सहित एक हजार बढी कार्यकर्ता आज आइतबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव तथा केन्द्रीय सदस्य चेतराज भट्ट, धनगढी उपमहानगरपालिकामा माओवादीका मेयरका उम्मेदवार रामसमझ राना, केन्द्रीय सदस्यहरु गंगा योन्जन र केशवराज जोशी रहेका छन् ।

भट्ट डडेल्धुराका निर्वाचित वडा अध्यक्ष पनि हुन् । त्यसैगरी धनगढी वडा नम्बर ८ का पार्टीका वडाध्यक्ष सुग्रिब राना, ७ का लोकेन्द्र जोशी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय कोषाध्यक्ष कल्पना पौडेल सहित एक हजार भन्दा बढी काँग्रेसमा प्रवेश गरेका छन् । र उनीहरुलाई आर्थिक हिसाब किताब गरेर कांग्रेस प्रवेश गराईएको हो । घर खरिद गरे संगै आरजुले नेता खरिद गरेको चर्चा चल्न थालेको छ ।

उहाँहरुलाई एक समारोहबीच काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवा, धनगढीका मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट, प्रदेश सभा सदस्यका उम्मेदवारद्वय डिल्लीराज पन्त तथा जीवन कुमारी राना, महासमिति सदस्य नारायणदत्त भट्ट लगायतले स्वागत गर्नुका साथै पार्टीको सदस्यता प्रदान गर्नुभयो ।

नेपाल महिला संघ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य रानाले एमाले तथा माओवादी केन्द्र सत्तास्वार्थमा मात्रै सिमित भएको बताउनु भयो । उहाँले रानाथारु, डंगौरा थारु सहितका सिमान्तकृत समुदायमाथि माओवादीले सधैं शोषण मात्रै गरेको र पछाडी पारिएका वर्ग र समुदायको अधिकारको संरक्षण काँग्रेसले मात्रै गरेको अनुभव भएको बताउनु भयो ।

उहाँले सम्पूर्ण सिमान्तकृत वर्ग समुदायलाई लोकतन्त्र, आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि काँग्रेसमा समाहित हुन आह्वान गर्नुभयो । गत स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार रानाले १० हजार बढी मत प्राप्त गर्नु भएको थियो । उहाँहरु काँग्रेसमा प्रवेश गरेपछि कैलालीको क्षेत्र नम्बर ५, ४ र ३ मा एमाले तथा माओवादीभित्र ठूलो भूइचालो गएको छ ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...