मतपेटिकामा एसिड हालेर जलाएपछि चुनाब स्थगित,मंसिर २१ गते फेरी हुने



हाम्रो इकोनोमि

रुकुम (पश्चिम)का दुई वटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि मतदान स्थगित भएको छ ।
बाँफिकोट गाउँपालिका ५ काँडाको रत्न आधारभुत विद्यालय मतदान स्थलको (क) मतदान केन्द्रको प्रतिनिधि सभा सदस्य र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि मतदान स्थलको (ख) मतदान केन्द्रको समानुपातिक तर्फको मतदान स्थगित भएको हो ।
मतपेटिकामा आगलागी भएपछि तत्कालका लागि दुवै मतदान केन्द्रको मतदान स्थगित भएको बताईएको छ । मतपेटिकामा एसिड अथवा अन्य कुनै केमिकल हालिएको हुन सक्ने आशंका गरिएको छ । आगलागीबाट दुवै मतपेटिकामा कति मतपत्रमा क्षेति पुग्यो भन्ने खुल्न सकेको छैन् ।

यसबारेमा निर्वाचन आयोगमा जानकारी गराईएको र अब कहिले निर्वाचन गराउने भन्नेमा निर्णय भैनसकेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । उक्त मतदान केन्द्रमा प्रतिनिधि र समानुपातिक बाहेक अन्य सदस्यको निर्वाचन भने जारी छ ।

मतदान स्थलको (क) मतदान केन्द्रमा भएको घटनामा संलग्न भएको भन्दै कांग्रेसका प्रतिनिधि केशववहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने उक्त घटनापछि अवस्था तनावपुर्ण हुँदा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।
त्यस्तै रत्न आधारभुत बिद्यालय बाँफिकोटको (ख) मतदान केन्द्रमा भएको घटनामा संलग्न भएको भन्दै प्रहरीले कल्पना गिरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...