पहिलो चरणको मतदान अन्तिम चरणमा,यी हुन् अहिले सम्म भएका रोचक र केहि दुःखद घटनाहरु



पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन जारी छ। ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा यतिबेला उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ।
कतिपय स्थानमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ भने कतिपय स्थानमा अवरोध सिर्जनासमेत भएको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका केहि रोचक र केहि दुःखद घटनाहरुः

१ सय १४ वर्षीयाको मतदान
बैतडीमा १ सय १४ वर्षीया बृद्धाले मतदान गरेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका–८ मा १ सय १४ वर्षीया बृद्धा पशुपति साउदले मतदान गरेकी हुन्।

उता म्याग्दीमा पनि १ सय १२ वर्षका एक ज्येष्ठ नागरिकले मतदान गरेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिकास्थित ज्ञानोदय माविबाट ११२ वर्षीय खड्कबहादुर भण्डारीले मतदान गरे।
यसैगरी एमाले सचिव योगेश भट्टराईकी आमा ९३ वर्षीया महेन्द्रादेवी भट्टराईले पनि आइतबार बिहानै मतदान गरिन्। उनले जिल्लाको फुङ्लिन नगरपालिकाबाट मतदान गरेकी हुन्।

बिहानै बुथ कब्जाको प्रयास

दोलखाको तामाकोशी गाउँपालिकास्थित जामुने मतदान केन्द्रमा नेवि संघ महामन्त्री कुन्दन काफ्लेको समूहले बुथ कब्जाको प्रयास ग¥यो। काफ्लेको समूहले समूहले मतदान केन्द्र लक्षित गरी ढुंगामुढा प्रहार गरेको थियो।
धादिङमा पनि बिहानै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरे। गठबन्धनले जिल्लाको खनियाबास गाउँपालिकास्थित झार्लङको बेन्दिदेवी मतदान केन्द्र कब्जा गरेका थिए। मतदान केन्द्र कब्जापछि केहिबेर मतदान प्रकृया नै अवरुद्ध हुन पुगेको थियो।

तिङ्लामा फेरि बहिस्कार

सोलुखुम्बुका तिङ्लाबासीले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनसमेत बहिष्कार गरेका छन्। उनीहरुले स्थानीय तह निर्वाचन बहिष्कार गरेका थिए।
राज्य पुनसंरचनाका क्रममा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिेट’ अभियान अन्तर्गत मतदान बहिष्कार गरेका हुन्।

२५ सय ७५ मतदाता रहेको गाउँका कसैले पनि मतदाता परिचयपत्र लिएका थिएनन्। तिङ्लाका कोही कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतपत्र सार्वजनिक गर्ने उम्मेदवार
धादिङमा वाम गठबन्धनका उम्मेदवार सालिकराम जमरकट्टेलले मत हालिसकेको मतपत्र सार्वजनिक गरेका छन्। यसरी मतपत्र सार्वजनिक गरिनुलाई शोभनीय कार्य मानिन्न।

मतदान गरिसकेपछि सञ्चारकर्मीसमेतको उपस्थितिमा नै मतपत्र सार्वजनिक गरेका हुन्। जमरकट्टेल धादिङ–१ ‘ख’ का उम्मेदवार हुन्।

रुकुममा मतपत्रमा एसिड
सिन्धुपाल्चोकको देउराली प्रावि मतदान केन्द्रमा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाइफायर गरेको छ।
उता पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–५ मा मतपेटिकाभित्र एसिड हालेर आगो लगाइएपछि मतदान कार्य रोकिएको छ। समानुपातिकतर्फको मतपेटिकामा एसिड हालिएको हो।

मतदान केन्द्रमा प्रेसरकुकर बम

ताप्लेजुङको आठराई गाउँपालिका–३ को सरस्वती मतदान केन्द्रमा मतपेटिकामुनि प्रेसरकुकर बम भेटिएपछि मतदान एक घण्टा रोकिएको छ।
बाजुराको बुढीनन्दा गाउँपालिकास्थित पिसक्रेटर मतदान केन्द्रमा दुई गठबन्धनबीच झडप हुँदा प्रहरीले ३ राउण्ड हवाइफायर गरेको छ।
यसैगरी सिन्धुपाल्चोक–१ बलेफी गाउँपालिकाको माखास्थित कालिकादेवी प्रावि मतदान केन्द्रमा झडप हुँदाप्रहरीले हवाई फायर गर्नु परेको छ।

२ बजे नै मतदान सम्पन्न
उपल्लो डोल्पाको फोद गाउँमा २ बजे दिउँसै मतदान सम्पन्न भएको छ। उक्त मतदान केन्द्रमा जम्मा २३ जना मतदाता रहेका थिए।

दोलखाको तामाकोशी गाँउपालिका वडा नम्वर ६स्थित महेन्द्र मावी मतदान केन्द्र आउने क्रममा एक युवतीको मृत्यु भएको छ ।प्रदेश सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न जाने क्रममा २५ वर्षिय निर्मला फुयालको मृत्यु भएको हो ।  बिरामी हुदा हुदै पनि संबिधानको कार्यनोयनको कस्सिको रुपमा रहेको निर्वाचनमा मतदान गर्न गएको परिवारले जनाएको छ । फुयालको उकालो हिड्ने क्रममा हृदयघातका कारण निधन भएको थियो ।

पहिलो चरणमा भइरहेको प्रतिनिधि सभा तथा  प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने अधिकार प्रयोग गर्न नपाउँदै निर्मलाको मृत्यु भएसँगै स्थानियले समेत दुख व्यक्त गरेका छन् ।केही  महिना अधिमात्र भएको स्थानिय तहको निर्वाचनमा असान्त देखिएको दोलखामा भने आइतबारको मतदान प्रकृया भने शान्तिपुर्ण रुपमा भै रहेको छ।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु