एसिड प्रहार पछी मतपेटिकामा आगो लगाइयो,२५० मत मध्ये आधा जलेर खरानी



हाम्रो इकोनोमि

रुकुम पश्चिमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधिसभा अन्र्तगत प्रत्यक्षतर्फको मतपेटिकामा आगो लागेको हो ।
मतपेटिकाबाट धुवाँ निस्किएपछि तत्काल पानी हालेर आगो निभाइएको थियो । पूरै मतपेटिकामा नभएर केही मत पत्र मात्रै जलेको प्रहरीले जनाएको छ । मतपेटिकामा कसरी आगो लाग्यो भन्ने बारे अनुसन्धान भइरहेको छ ।
आगलागी भएपछि अहिले मतदान कार्य रोकिएको छ भने सर्वदलिय बैठक बसिरहेको छ । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार त्यस मतपेटिकामा २५० मत खसेको थियो ।
एसिड हालेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नजिकै बम पनि विष्फोटक भएको स्थानीयबासिन्दाले जानकारी दिए पनि प्रहरीले पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...