सोलुखुम्बुमा स्थानीयले मतदान बहिष्कार गरे,मतपेटिका पुरै खाली,मतदान नगर्नुको यस्तो छ रहस्य



हाम्रो इकोनोमि

सोलुखुम्बु जिल्लास्थित तिङ्गा गाउँका बासिन्दाले मतदान बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा सहभागीता नजनाएका तिङ्लाबासीले प्रदेश र प्रतिनिधि सभाको मतदानमा पनि आइतबार भाग लिएका छैनन् ।

सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । तिङ्लाका मतदाताले भने मतदान बहिस्कार गरेका हुन् ।
गाउँमा मतपेटिका खाली छन, निर्वाचन अधिकृतहरू कतिबेला मतदाता आउलान् भनेर पर्खिरहेका छन् । तर, गाउँले आफ्ना मेलापातमा व्यस्त छन्, कसैले मतदान केन्द्रतिर फर्किएर पनि हेरेका छैनन् ।

४३ वर्षअघि राजाको प्रत्यक्ष शासनविरुद्ध विद्रोह गरेको सोलुको त्यही गाउँले स्थानीय तह पुनर्संरचना गर्दा विभेद भएको भन्दै मतदानमा सहभागीता नजनाएको हो । तिङ्लाबासीको एउटै मागलाई राज्यले पुरा गरेन । नेचा सल्यान गाविस वडा नम्बर ६ मा राज्यले उक्त गाउँलाई राखेको छ । तर, त्यस गाउँको इच्छा त्यो होइन ।

तिङ्लाको मुख्य विवाद भनेको यसलाई सोलु दूधकुण्ड नगरपालिकामा गाभ्ने कि नेचा सल्यान गाउँपालिकामा गाभ्ने भन्ने हो । अहिले नेचा सल्यान गाउँपालिकामा गाभिएको छ, जबकि स्थानीयवासी सोलु दूधकुण्ड नगरपालिकामा रहन चाहन्छन । यति मात्र होइन, तिङ्लालाई दुई वडामा नबाँडिएकोमा पनि स्थानीयको विरोध छ । त्यहि विरोधलाई उनीहरूले नो भोटिङमार्फत् पुरा गरेका छन् । कोही मतदानमा सहभागी छैनन् ।

स्थानीयका अनुसार नेचा सल्यान गाउँपालिकाको केन्द्र बेतघारी भन्ने ठाउँमा छ, जहाँ पुग्न तिङ्लावासीलाई ८ घन्टा लाग्छ । उता, तिङ्लाबाट सोलु दूधकुण्ड नगरपालिका २० मिनेट पैदल दुरीमा पर्छ । यति नजिकको नगरपालिकाबाट छुट्टयाएर लगभग दिनभरि लाग्ने नेचा सल्यान गाउँपालिकामा गाभिएकाले तिङ्लावासी आन्दोलित भएका थिए ।

तिङ्लावासीको निम्ति सामान किनमेलदेखि प्रशासनिक कामका लागि समेत सोलु दूधकुण्डमा पर्ने सल्लेरी बजार नजिक पर्छ ।
तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा गाभ्न सिफारिस गर्ने स्थानीय पुरर्संरचना प्राविधिक समितिको अन्तिम बैठकमा कांग्रेसले भाग लिएको थिएन।

सोलुखुम्बुका कांग्रेस नेता बलबहादुर केसीले तिङ्लालाई नेचा सल्यानमा गाभ्न चाहेको र उनकै दबाबमा कांग्रेसका प्रतिनिधि नआएको आरोप छ । तिङ्ला त्यहि ठाउँ हो जतिबेला कांग्रेसको विद्रोहका क्रममा २०३१ सालमा १३ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...