चस्मा लगाएर आँखामा भोट हालेका बाबुरामका मान्छे लाखौका बिटा मतदातालाई बाड्दै गर्दा यसरी रंगेहात समातिए,बाबुरामका पाँच भाई प्रहरीको कब्जामा



हाम्रो इकोनोमि

मौन अवधिको त कुरै छोडौँ, चुनावकै दिन नयाँ शक्ति पार्टीका कार्यकर्ता चुनावको प्रचार सामग्री र नगदसहित पक्राउ गरेका छन् । गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्तिका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीसहित नगद १ लाख रुपैया बोकेर हिँडिरहेको अवस्थामा ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा–११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका–१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा(८का खुशबहादुर थापासमेत पक्राउ परेका छन् ।

अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७२५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको हो ।
मौन समयमा उक्त गाडी र नगद कुन प्रयोजनका लागि लगिएको थियो भन्नेबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नयाँ शक्तिका नेताहरुले भने पैसा बाँड्नलाई बोकेको नभई सो रकम कार्यकर्ता परिचालनका क्रममा उनीहरुका साथमा रहेका बुथ खर्च भएको बताएका छन् । मौन समयअघि गाडीमा राखिएका प्रचार समाग्रीहरु नियन्त्रण लिएर आचारसंहिता उल्लंघनको प्रचार गरिएको नयाँ शक्तिको दाबी छ ।

पूर्व प्रधानमन्त्री तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार डा बाबुराम भट्टराईले आफैलाई मतदान गरेका छन् ।

भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ को अन्नपूर्ण मावि खोप्लाङ केन्द्रबाट मताधिकारको प्रयोग गरेका छन् । चस्मा लगाएर मतदान गर्न पुगेका उनले आप्नो पार्टी नयाँशक्तिको चुनाव चिन्ह आँखामा मतदान गरेका छन् ।

मतदान गर्नुअघि नयाँ शक्ति पार्टीका संयोजक भट्टराई सर्वसाधारण मतदातासँगै लाइन बसेका थिए। गोरखा क्षेत्र नम्बर २ मा उनका मुख्य प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ मैदनमा छन् ।

प्रतिक्रिया दिनुहोस
२ वर्षिया बालिका हत्याको घटनामा एक जना पक्राउ

  शम्भुनाथ नगरपालिका.३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको...

रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...