कुन नेताले कहाँबाट गरे मतदान हेर्नुहोस फोटो



हाम्रो इकोनोमि

काठमाडौं । पहिलो चरणमाअन्तर्गत प्रदेशसभा र प्रतिनिधिसभाको ३२ जिल्लामा मतदान सुरु भएको छ ।  मुलुक संघीय संरचना प्रवेश गरेपछि पहिलोपटक हुन लागेको निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताहरु पनि मतदाता छन् । मतदाता बनेका केही नेताले आफैलाई मतदान गर्न पाउँदैनन् ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आज गोरखाको पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि खोप्लाङ मतदान केन्द्रमा मतदान गर्दैछन् ।

नेकपा एमालेका नेता सचिव योगेश भट्राई ताप्लेजुङ् जिल्ला मैवाखोला गाउपालिका वडा नं ३ को नारायणी उमाबि मतदान केन्द्रमा बिहान ७ .३० बजे मतदान गरेका छन ।

पूर्व प्रधानमन्त्री भट्टराईसँग चुनावी प्रतिष्पर्धामा गरिरहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

एमाले सचिव योगेश भट्टराईले पनि पहिलो चरणका मतदाता गर्दैछन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यतमा लडेका भट्टराईले मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रमा मतदान गर्दैछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–२ को महेन्द्रोदय उमावि केन्द्रबाट मतदान गर्दैछन् । मा छ ।

माओवादी नेता एवं विना विभागीय मन्त्री जनार्दन शर्माले रुकुमको मुसिकोट नगरपालिका–५ यमुनानन्द नमूना उमावि केन्द्रमा मतदान गर्दैछन् ।

४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदार पृथ्वी सुब्बा गुरुङले लमजुङले क्व्होलासोथार गाउँपालिका–९ बुद्धोदय मावि मतदान केन्द्रमा मतदान गर्दैछन् ।

कांग्रेस नेता चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...