चुणामणि शर्मासँग अख्तियारद्वारा बयान शुरु, आर्थिक चलखेल भएको आशंका



हाम्रो इकोनोमि

तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमितताको आरोप लागेका चुणामणि शर्माको अकुत सम्पत्तिमा अख्तियारले बयान लिन शुरु गरेको छ ।

 

अख्तियार स्रोतका अनुसार उनीसँग एक पटक बयान लिइएको छ । फेरि आउन पत्र थमाइएको छ ।

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत १९ जेठमा अख्तियारले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।

तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमित ढंगले कर मिनाहा दिइएको विषयमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

उक्त मुद्दा सीमित फाइलबाट प्राप्त प्रमाणका आधारमा दायर गरिएको हो । थप फाइल खोल्दै जाने क्रममा सातदिने म्यादसहित आयोगमा हाजिर हुन कात्तिक अन्तिम साता उनलाई पत्र पठाइएको थियो ।

तर, उनी तोकिएको समयभित्र उपस्थित भएनन् । त्यसको कारणसहित अख्तियारमा निवेदन दिएका छन् ।

शर्मासहित तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकालविरुद्धको मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले शर्मा, महत र ढकालविरुद्ध १० अर्ब दुई करोड रुपैयाँ बिगो दाबीसहित गत साउनमा विशेषमा मुद्दा दायर गरेको हो ।

शर्मा अझै विशेष अदालत गएका छैनन् । महत र ढकाल भने जनही एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...