चुणामणि शर्मासँग अख्तियारद्वारा बयान शुरु, आर्थिक चलखेल भएको आशंका



हाम्रो इकोनोमि

तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमितताको आरोप लागेका चुणामणि शर्माको अकुत सम्पत्तिमा अख्तियारले बयान लिन शुरु गरेको छ ।

 

अख्तियार स्रोतका अनुसार उनीसँग एक पटक बयान लिइएको छ । फेरि आउन पत्र थमाइएको छ ।

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत १९ जेठमा अख्तियारले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।

तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमित ढंगले कर मिनाहा दिइएको विषयमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

उक्त मुद्दा सीमित फाइलबाट प्राप्त प्रमाणका आधारमा दायर गरिएको हो । थप फाइल खोल्दै जाने क्रममा सातदिने म्यादसहित आयोगमा हाजिर हुन कात्तिक अन्तिम साता उनलाई पत्र पठाइएको थियो ।

तर, उनी तोकिएको समयभित्र उपस्थित भएनन् । त्यसको कारणसहित अख्तियारमा निवेदन दिएका छन् ।

शर्मासहित तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकालविरुद्धको मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले शर्मा, महत र ढकालविरुद्ध १० अर्ब दुई करोड रुपैयाँ बिगो दाबीसहित गत साउनमा विशेषमा मुद्दा दायर गरेको हो ।

शर्मा अझै विशेष अदालत गएका छैनन् । महत र ढकाल भने जनही एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...