ओलीले भने : कांग्रेसका कारण नाकाबन्दी लाग्यो, मैले खुलाएँ,अब ‘वामगठबन्धनलाई दुई तिहाई पक्का’



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट वामपन्थीहरुको दुई तिहाईको सरकार निर्माण हुने पक्का भएको दावी गरेका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दुई तिहाईसहितको सरकार बन्ने पक्का भएको दावी गरेका हुन्।

‘एमाले र माओवादी केन्द्रले चुनावका लागि तालमेल गरेका छौं तर हाम्रो उद्देश्य भनेको कसैले ढाल्न, हल्लाउन नसक्ने पार्टी बनाएर जाने हो’ ओलीले सभालाई सम्बोधन गर्दै भने, ‘संसदमा दुई तिहाई सहितको सरकार बनाएर जाने हो, त्यो हैसियतमा हामी पुगिसकेका छौं।’

कांग्रेस नेतृत्वको सरकारले सम्बन्ध बिगार्दा बिगतमा भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएको दावीपनि ओलीले गरे। ‘म सरकार जाँदा कांग्रेस नेतृत्वको सरकारले भारतसँग सम्बन्ध बिगारेर तीन हप्तादेखि नाकाबन्द थियो’ ओलीले भने, ‘नाकाबन्दी खुल्न समय लाग्यो, तर नाकाबन्दी मैले खुलाएँ।’
ओलीले नाकाबन्दीलाई आधार बनाउँदै अप्रत्यक्ष रुपमा भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) माथि पनि प्रहार गरे। भारतीय नाकाबन्दीका कारण हिन्दूहरुले पुजा गर्ने गाईलाई दानापानीपनि खुवाउन नसक्ने अवस्था सिर्जना भएको बताउँदै भाजपामाथि प्रहार गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...