बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन –रबिन्द्र अधिकारी



हाम्रो इकोनोमि

पोखरा । बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका चर्चित युबा नेता एबम सो पार्टिका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीले बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक नभएको बताएका छन।

काङ्ग्रेस आफुहरुको गठबन्धनबाट अतालिएर अधिनायकवादको हौबा फिजाउदै हिडेको बताएका छन। कास्किको पोखरा लेखनाथ महानगर वडा न ११ मा आयोजित चुनाबी कोण सभालाइ सम्बोधन गर्दै अधिकारिले समृद्धि अब ल्याइ छोड्ने उदेश्यले आफुहरु एक भएर चुनाबी अभियानमा मात्रै एक नभै एउटै पार्टी बनाउन लागि परेको भन्दै दुनियाँको कुनै तागतले पनि अब एकता नखल्बलिने जिकिर गरे। सो कार्यक्रममा बाम गठबन्धन कास्की क्षेत्र न २(२) बाट प्रदेश सभाका उम्मेदवार राज काजी गुरुङले सामन्तबादले अब जरै देखि घुडा टेक्ने भन्दै निर्बाचनको परिणामले सोको जबाफ दिने बताए।

यसैबिच अघिल्ला चुनाबमा अर्कै प्रतिनिधिहरुको सामाना गर्न बाध्य बनेका उक्त वडाका बासिन्दा चर्चित रास्ट्रीय ब्यक्तिलाइ आखा अगाडी देख्न पाउँदा कास्की क्षेत्र न २ स्थित वडा ११ का बासिन्दा खुशिले दङ्ग परेका छन। पहिलेका अरु प्रतिनिधिले अनेकन झुट्टा आस्वासन बाडेको भन्दै स्थानियहरुले आक्रोश समेत पोखेका थिए।

खुशिले गदगद हुँदै आफ्नै क्षेत्रको प्रतिनिधिको रुपमा उम्मेदवार भएर आउँदा अब फुलबारी लगायत अन्य ठाउँका दिन फिरेको स्थानिय बासी हरुले प्रतिक्रीया दियका छन । आफ्नै ठाउँबाट प्रतिनिधि चुनियर सो ठाउँमा केही प्रयत्न नगरेका तत्कालिन जनप्रतिनिधिको निरीहपनका अगाडि अधिकारि उम्मेदवार बने पछी अधिकारिलाई भेट्न आफूहरु अत्यन्त आतुर भएको उनिहरुको प्रतिक्रीया थियो। “उत्कृस्ट साम्सद बनेर अनगिन्ती जनमुखी काम गरेका नेता अधिकारिलाइ भेट्ने धोको आज पूरा भयो। भाग्य बस आज उनिलाइ नै जनप्रतिनिधि चुन्ने अबसर पाउदा अति हर्सित छौ।” एक स्थानिय बिप्लब भट्टराईले बताए। नेता होस त रबिन्द्र जस्तो जस्ले आफ्नो निर्बाचन क्षेत्र मात्र हैन समग्र कास्की र देसको बिकासको बहसलाई बिकास समितिको सभापती भएर रास्ट्रीय राजनितिको केन्द्र बिन्दुमा ल्याउन सफल भयो।

शुक्रवार बिहानै उनले आफ्नो निर्बाचन क्षेत्र मा नयाँ गाभिएको सो वडाका विभिन्न टोलमा सयौं जनताको साथमा भेटघाट गर्दै आशीर्वाद लियका छन ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...