बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय



हाम्रो इकोनोमि

बुढीगण्डकी  जलविद्युत आयोजनाको निर्माण स्वदेशी लगानीमै गर्ने सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषदको आज बसेको बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना आफैं निर्माण गर्ने निर्णय गरेको हो। सो आयोजना ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ।

ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री कमल थापाले आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने जानकारी दिए।

गएको जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले आयोजना निर्माणको जिम्मा चाइनाको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो। तर  कात्तिक २७ गते सरकारले सो सम्झौता रद्द गर्‍यो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...