बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय



हाम्रो इकोनोमि

बुढीगण्डकी  जलविद्युत आयोजनाको निर्माण स्वदेशी लगानीमै गर्ने सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषदको आज बसेको बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना आफैं निर्माण गर्ने निर्णय गरेको हो। सो आयोजना ८ वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ।

ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जामन्त्री कमल थापाले आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने जानकारी दिए।

गएको जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले आयोजना निर्माणको जिम्मा चाइनाको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो। तर  कात्तिक २७ गते सरकारले सो सम्झौता रद्द गर्‍यो।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...