मतदाता नउठ्दै जब मेयर सुनारगाउँ पुगे….



हाम्रो इकोनोमि

काठमाडौं— शुक्रबार बिहानै आफ्ना जनप्रतिनिधिलाई आफ्नै घर–आगनमा देख्दा काठमाडौंको सुनार गाउँका बासिन्दा निकै उत्साहित भए । आफैँले भोट दिएर जिताएपछि अर्को चुनावसम्म नाकमुख नदेखेका मतदाताका लागि नौलो कुरा थियो– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्द्यर शाक्य बिहानै घरघरमा पुग्नुभएको थियो ।

मेयर शाक्यसहित काठमाडौँ क्षेत्र नम्बर–९ का वाम गठबन्धनका तर्फबाट संघका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ र प्रदेशसभा ‘क’का उम्मेदवार डा. अजयक्रान्ति शाक्यसँग सुरुमै कलंकी सुनार वस्तीका वासिन्दाले गुनासो पोख्न भ्याए । ‘तपाईँहरु यही चुनावभरी त होला नि हाम्रो घर–आँगनमा देखिने ?’ एक स्थानीयले विगतको तितो अनुभव यसरी पोख्दै गर्दा मन्द मुस्कानसहित मेयर शाक्यले जवाफ फर्काउनुभयो । ‘तपाईँहरुले भोट दिएर जिताउनुभयो, यो ठाउँको विकास गर्नुहोस् भन्ने जिम्मेवारी मेरो काँधमा राखिदिनुभयो । अब म तपाईँहरुको घरदैलोमा नआएर कहाँ जाने ?’ मेयर शाक्यकै भनाईमा थप गर्दै कृष्णगोपालले पनि जनताको भोट पाएर जितेपछि जनतालाई कहिल्यै नविर्सिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सबै दृष्यलाई निहाली रहनु भएका त्यही गाउँका ९६ वर्षीय एक वृद्धले विकासबारे चासो राख्दै घरदैलोमा आउनुभएको मेयर शाक्य, उम्मेदवार श्रेष्ठ र शाक्यलाई जितको शुभकामना दिन भ्याउनुभयो । उहाँले त्यसरी शुभकामना दिदैँ गर्दा एक पटक स्थायी सरकार बनेको देखेर मर्ने इच्छा भएको पनि वताउनुभयो ।

वृद्धामात्र होइन त्यो क्षेत्रका सबैले स्थायी र विकासका लागि प्रष्ट दृष्टिकोण भएको नेता चाहिएको विचार व्यक्त गरे । करिब दुई घण्टा कलंकी चोक, सन्तोषीनगर, सुनार गाउँलगायतका स्थानमा दुई उम्मेदवारसँगै मेयर पनि घुम्नुभयो । मेयर शाक्यले सोही क्रममा काठमाडौँ वडा–१४ सुनार गाउँ कलंकी मन्दिर छेउको ढलको समेत अवलोकन गर्नुभयो । स्थानीयले उक्त ढल स्थानीयका लागि निकै ठूलो समस्या रहेको गुनासो गरेपछि शाक्यले तत्काल त्यो ढल मर्मत गर्न वडा तहबाटै गर्न निर्देशन दिनुभयो । ‘यहाँबाट भएन भने मलाई सम्पर्क गर्नुहोस्,’ उहाँले भन्नुभयो ‘तत्काल समाधान गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...