चुनाबको मुखैमा भारतीय राजदुत संग पूर्वराजा ज्ञानेन्द्रको गोप्य भेट,राजा फर्काउने भारतको यस्तो छ चालबाजी



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा धुलिखेलमा रहेको द्वारिकाज होटलमा आरामका लागि भन्दै बसेका छन्। यसअघि कात्तिक महिनामा पनि ज्ञानेन्द्र तीन रात धुलिखेलमा बसेका थिए।

मंसिर २ गते साँझ ५ बजे धुलिखेलको द्वारिकाजमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पनि पुगेका थिए । यो बीचमा राजदुत पुरी संग पूर्वराजाको दुइ पटक बार्ता भइसकेको छ। तीन घण्टा मात्रै बसेका सिंहले कसलाई भेटघाट गरे खुल्न सकेको छैन। बुधबारदेखि पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार चार रात धुलिखेलमा बसेका छन।

पहिलो चरणको निर्वाचनको दिन ज्ञानेन्द्रको परिवार धुलिखेलबाट राजधानी फर्कने स्रोतले जानकारी दियो। उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, नाति ह्दयेन्द्र र नातिनी कृतिका शाह छन्। एउटी नातिनी अध्ययनका लागि थाइल्यान्ड भएकाले धुलिखेलमा छैनन्।

पारस भने ज्ञानेन्द्रसँग धुलिखेलमा छैनन्। ‘चार रात पाँच दिन बस्दा ज्ञानेन्द्रको परिवारले आराम मात्रै गर्नेछ’, स्रोतले भन्यो– ‘बच्चाहरूको स्कुल बिदा भएकाले आराम गर्न धुलिखेल आएको हो।’ तर ज्ञानेन्द्रले निर्वाचनको अवसर पारी केही उम्मेदवारहरू जिल्लाभित्र र बाहिरकालाई पनि भेट्ने तयारी गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्रले होटलका १४ वटा कोठा रातका लागि बुक गरेका छन्। द्वारिकाजमा अनुमतिविना जिल्लाको प्रशासन प्रमुख र प्रहरी प्रमुखसमेत जान पाउँदैनन्। त्यहाँ को को आउँछन्रु को आएर कसलाई कुन प्रयोजनका लागि भेटघाट हुन्छ भन्नेसमेत पत्तो हुँदैन। स्रोतले जानकारी दिएअनुसार बिहीबार पूर्वजर्नेल भरत केशरीसहित तीन जना पाहुना थपिएका छन्।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...