उपप्रधानमन्त्री कमल थापाले यसरी गरे आचारसंहिताको घोर उल्लंघन,निर्वाचन आयोगले किन लगाएन कोर्रा



हाम्रो इकोनोमि

पहिलो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भईसकेपछि पनि आचारसंहिता बिपरित उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराज्य पुनस्र्थापनाका लागि आफ्नो पार्टीलाई समानुपातिक मत दिनको लागि सामाजिक सञ्जालमा लिखित अनुरोध गरेका छन् ।

उनले आज विहान ७ः२७ बजे फेसबुक र ट्विटर मार्फत आफ्नो पार्टीका लागि भोट मागेका हुन । निर्वाचन आयोगले सरकारमै रहेको व्यक्तिबाट मौन अवधिको घोर उलंघन भएको बताएको छ । आयोगका प्रवक्ता नवराज ढकालले मौन अवधि शुरु भइसकेको बेलामा सामाजिक सञ्जालमा कसैको पक्षमा भोट माग्न नपाइने बताए । यत्ति विषयमै उम्मेदवारी रद्ध गर्न नमिल्ने भएपछि थापासँग स्पष्टिकरण लिने साथै उक्त विषय आयोगको आचारसँहिता उल्लंघन अनुगमन समितिमा दर्ता भइसकेको ढकालले बताए ।

पहिलो चरणको मतदानको ४८घण्टा अगाडिदेखि मौन अवधि सुरु भएकाले कुनै प्रकारको पनि प्रचारप्रसार गर्न पाइने छैन । फेसबुक, भाइबरजस्ता कुनैपनि सामाजिक सञ्जालबट पनि मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न नपाईने भनि निर्वाचन आयोगले तोकेको छ । तर थापाले आज विहानै फेसबुक र टिवीटरमा लेखेका छन, तपाईको एक मतले राष्ट्रिय पहिचानको रुपमा धार्मिक स्वतन्त्रता सहित हिन्दुराज्य पुनस्र्थापना गर्न तथा आर्थिक सम्बृद्धिकालागि महत्वपूर्ण भुमिका निवार्हगर्ने भएकाले पार्टी भन्दा माथी उठेर समानुपातिक तर्फ रातो मतपत्रमा राप्रपाको गाई चिन्हमा मतदान गरौं ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...