मौन अवधिको पूर्ण पालना गर्नुस्: प्रमुख निर्वाचन आयुक्त डा यादव



हाम्रो इकोनोमि

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन मौन अवधिको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारमाध्यमलाई पुनः आह्वान गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो– “मौन अवधि भनेको मतदाताको विवेक प्रयोग गर्ने र सोच्ने समय भएकाले उहाँहरुलाई स्वतन्त्ररुपमा छोड्दिन म आग्रह गर्छु ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदन केन्द्र निर्माणमा सहयोग पु¥याउन सरोकारवाला सबै पक्षलाई सुझाव दिँदै हिमाली क्षेत्रका कतिपय जिल्लामा भौगोलिक विकटता र मौसम प्रतिकूलताका बाबजुत पनि मतदानमा खटिएका कर्मचारीबाट निर्वाचन सफल तुल्याउन निकै ठूलो योगदान भइरहेको छ भन्नुभयो ।

शान्तिपूर्णरुपमा धैर्यताका साथ मतदान गर्न र अरुलाई पनि उत्प्रेरित गर्न आग्रह गर्दै उहाँले स्थानीय तहको निर्वाचन जस्तै उत्साहजनक सहभागिता जनाई उदाहरण प्रस्तुत गर्न सुझाव दिनुभयो ।

सुरक्षामा खटिएका जनशक्तिलाई चनाखो भएर आममतदाता, राजनीतिक दलका नेता तथा उम्मेदवारलाई सुरक्षा प्रदान गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...