काठमाडौँ महानगरले थाल्यो एकै पटकमा १ सय १५ विकासे कार्यक्रम



हाम्रो इकोनोमि

विकासको गति अव रोकिन्नः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात् सकिएसँगै विकास निर्माणको कामले गति लिएको बताउनु भएको छ । उग्रतारा महिला तथा बाल विकास केन्द्रको काठमाडौँ वडा २५ ढोका बहालमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । ‘वर्षात् सकिएसँगै काठमाडौँको विकास निर्माणको कामले गति लिएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले अहिले काठमाडौँको विकास निर्माणका लागि १ सय १५ वटा कार्यक्रम द्रुत गतिमा अघि बढाएका छौँ । त्यसका लागि एक अर्व भन्दा बढीको बजेट विनियोजन भएको छ ।’

उहाँले आफूलाई जनताले मेयर निर्वाचित गरेको भन्दै २४ सै घण्टा जनताको काम गर्न तयार रहेको पनि दाबी गर्नुभयो । ‘जीवन्त, सुन्दर र समृद्ध शहर बनाउने मेरो योजना निरन्तर अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘मेलम्ची खानेपानी निर्माण, निर्माण सामाग्री जथाभावी राख्ने जस्ता कारणले अझै हामीले सुन्दर सहर बनाउन सकेका छैनौँ । अब हामी यसमा ध्यान दिन्छौँ ।’

उहाँले जथाभावी रुपमा सडकमा राखिएका निर्माण सामाग्रीको व्यवस्थापन गर्न आग्रह पनि गर्नुभयो । ‘निर्माण सामाग्री व्यवस्थित गर्ने कुरामा नीजि घरधनी र व्यवसायी आफैँले ध्यान दिने हो भने राजधानी ‘नो मास्क सिटी’ बन्न कुनै समय लाग्दैन,’ उहाँले भन्नुभयो ।

उहाँले स्थानीय विकासका सन्दर्भमा देखिएका समस्या समाधानका लागि जनताले बोलाए जुनसुकै बेला पनि आफू उपस्थित हुने पनि उहाँले बताउनुभयो । ‘तपाईँहरुले धेरे अपेक्षा गरेर मलाई निर्वाचित बनाएर पठाउनु भएको छ । मनको कुरा मनमै राख्नुभयो भने मलाई थाहा हुँदैन,’ उहाँले भन्नुभयो, ‘यो काम गर्नुहोस भनेर तपाईँहरु आउनुहोला । विकास निर्माणका लागि मलाई सम्झिनुहोला म जुनसुकै बेला तयार छु ।’

कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर–७ का वाम गठबन्धन तर्फका उम्मेदवार रामवीर मानन्धरले वाम गठबन्धनको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, रोगारीको ज्ञारेण्टी हुने दाबी गर्नुभयो । ‘स्थानीय तहमा एमालेको नेतृत्व छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश र संघमा वाम गठबन्धनलाई विजयी बनाएर पठाउनु होला । तपाईँहरुको विकासका सपना पूरा हुनेछन् ।’ कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर–७ प्रदेशसभा ‘क’ का वाम गठबन्धन तर्फका उम्मेदवार वसन्त मानन्धरले पनि वामगठबन्धलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...