काठमाडौँ महानगरले थाल्यो एकै पटकमा १ सय १५ विकासे कार्यक्रम



विकासको गति अव रोकिन्नः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात् सकिएसँगै विकास निर्माणको कामले गति लिएको बताउनु भएको छ । उग्रतारा महिला तथा बाल विकास केन्द्रको काठमाडौँ वडा २५ ढोका बहालमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । ‘वर्षात् सकिएसँगै काठमाडौँको विकास निर्माणको कामले गति लिएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले अहिले काठमाडौँको विकास निर्माणका लागि १ सय १५ वटा कार्यक्रम द्रुत गतिमा अघि बढाएका छौँ । त्यसका लागि एक अर्व भन्दा बढीको बजेट विनियोजन भएको छ ।’

उहाँले आफूलाई जनताले मेयर निर्वाचित गरेको भन्दै २४ सै घण्टा जनताको काम गर्न तयार रहेको पनि दाबी गर्नुभयो । ‘जीवन्त, सुन्दर र समृद्ध शहर बनाउने मेरो योजना निरन्तर अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘मेलम्ची खानेपानी निर्माण, निर्माण सामाग्री जथाभावी राख्ने जस्ता कारणले अझै हामीले सुन्दर सहर बनाउन सकेका छैनौँ । अब हामी यसमा ध्यान दिन्छौँ ।’

उहाँले जथाभावी रुपमा सडकमा राखिएका निर्माण सामाग्रीको व्यवस्थापन गर्न आग्रह पनि गर्नुभयो । ‘निर्माण सामाग्री व्यवस्थित गर्ने कुरामा नीजि घरधनी र व्यवसायी आफैँले ध्यान दिने हो भने राजधानी ‘नो मास्क सिटी’ बन्न कुनै समय लाग्दैन,’ उहाँले भन्नुभयो ।

उहाँले स्थानीय विकासका सन्दर्भमा देखिएका समस्या समाधानका लागि जनताले बोलाए जुनसुकै बेला पनि आफू उपस्थित हुने पनि उहाँले बताउनुभयो । ‘तपाईँहरुले धेरे अपेक्षा गरेर मलाई निर्वाचित बनाएर पठाउनु भएको छ । मनको कुरा मनमै राख्नुभयो भने मलाई थाहा हुँदैन,’ उहाँले भन्नुभयो, ‘यो काम गर्नुहोस भनेर तपाईँहरु आउनुहोला । विकास निर्माणका लागि मलाई सम्झिनुहोला म जुनसुकै बेला तयार छु ।’

कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर–७ का वाम गठबन्धन तर्फका उम्मेदवार रामवीर मानन्धरले वाम गठबन्धनको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, रोगारीको ज्ञारेण्टी हुने दाबी गर्नुभयो । ‘स्थानीय तहमा एमालेको नेतृत्व छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश र संघमा वाम गठबन्धनलाई विजयी बनाएर पठाउनु होला । तपाईँहरुको विकासका सपना पूरा हुनेछन् ।’ कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर–७ प्रदेशसभा ‘क’ का वाम गठबन्धन तर्फका उम्मेदवार वसन्त मानन्धरले पनि वामगठबन्धलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको