उद्योग मन्त्री थापालाई लक्षित गरी बम विष्फोट



हाम्रो इकोनोमि

उद्योग मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार सुनीलबहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट गराईएको छ ।

धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समूहले बिहान सााढे ७ बजेतिर बम विष्फोट गराएको स्रोतले जनाएको छ । प्रहरी प्रमुख सुदिप राजभण्डारीले विष्फोट भएको पुष्टि गरेका छन् । थप विवरण भने प्राप्त नभएको उनले बताए ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका थापा चुनावी अभियानका क्रममा साप्तिङटार जादै थिए । उक्त समुहले मन्त्रीलाई लक्षित गरी बम विष्फोट गराएको स्थानीयको भनाई छ । मन्त्री चढेको गाडीलाई लक्षित गरेको भए पनि मन्त्री सवार गाडी घटनास्थलबाट करिब २ सय मिटर अगाडी बढिसकेकाले कुनै क्षति नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...