मतदाता परिचयपत्र आजदेखि वितरण, लिन सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने



हाम्रो इकोनोमि

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने स्थानमा निर्वाचन आयोगले आजबाट मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता परिचयपत्र ८ र ९ गते दुई दिन वितरण हुनेछ ।

गत स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई आयोगले परिचयपत्र वितरण गर्न लागेको हो ।

आयोगका अनुसार, मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण हुँदैछ । अायाेगले मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात साथमा लिएर अाउन अाग्रह गरेकाे छ ।

गत स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेकाले भने सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...