मतदाता परिचयपत्र आजदेखि वितरण, लिन सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने



हाम्रो इकोनोमि

काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने स्थानमा निर्वाचन आयोगले आजबाट मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता परिचयपत्र ८ र ९ गते दुई दिन वितरण हुनेछ ।

गत स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई आयोगले परिचयपत्र वितरण गर्न लागेको हो ।

आयोगका अनुसार, मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण हुँदैछ । अायाेगले मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात साथमा लिएर अाउन अाग्रह गरेकाे छ ।

गत स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेकाले भने सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...