दाङलाई नमूना जिल्ला बनाउने: अध्यक्ष ओली



हाम्रो इकोनोमि

तुलसीपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले छ–छ महिनामा सरकार फेरिने प्रवृतिको अन्त्य गर्नका लागि गठबन्धन कायम गरिएको स्पष्ट पार्नुभयो ।

निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी देशको विकास र जनताको अधिकार ग्यारेन्टी गर्नेसमेत जिकिर गर्नुभयो ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले पार्टी एकताको आधारहरु तयार भइसकेको र अब घोषणा हुनमात्र बाँकी रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले हिंसाको बाटो समातेको नेकपा माओवादी (विप्लव)लाई प्रश्रय दिनेगरी नेपाली काँग्रेस लागिपरेको आरोप लगाउनुभयो ।

उहाँले दाङ जिल्लालाई नमूना जिल्ला बनाउने जिम्मा वाम गठबन्धनले लिने भन्दै त्यसका लागि नआत्तिन काँग्रेसलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...