नेकपा एमाले एक्लैले १ सय भन्दा बढी सिट जित्ने , बाम गठबनधनले दुई तिहाइ सिट जित्ने दाबी



हाम्रो इकोनोमि

निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले जित–हारको चुनावी आकलन गरिरहेका छन् । मतदानको केहीदिन अघि पहिलो र दोस्रो चरणको चुनावबाट कति सिट जित्ने दलहरुले आकलन गरेका छन् ।

संविधान सभाको पहिलो र दोस्रो चुनाव र स्थानिय तहको चुनावको परिणामलाई लेखाजोखा गरेर दलहरुले जित्ने सिट संख्या तय गरेका छन् । यसलाई दलहरुले आन्तरिक सर्वेक्षणका रुपमा लिएका छन् । दुई चरणमा गरी प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमा निर्वाचन हुँदै छ । प्रमुख दल र क्षेत्रीयस्तरका दलले जित्न सकिने निर्वाचन क्षेत्रको पहिचान गरेका छन् ।

नेकपा एमाले र माओवादी गठबन्धनले बहुमत ल्याउने दावी गरिरहेका बेला दुइटै दलले पनि छुट्टा छुट्टै सिटको मत आकलन गरेका छन् । स्थानिय तहको चुनावपछ सबेभन्दा ठूलो दल बनेको नेकपा एमाले एक्लैले १ सय भन्दा बढी सिट जित्ने दावी गरेको छ ।

प्रत्यक्षमा मात्रे वामगठबन्धनले १ सय १० को हाराहारीमा सिट ल्याउने आकलन छ । माओवादीसँग गठबन्धन गरेको एमालेले प्रत्यक्षतर्फ एक्लै स्पष्ट बहुमत ल्याउने दाबी गरेको छ । प्रतिनिधिसभाका १६५ मध्ये ९६ सिटमा मात्रै उम्मेदवारी दिएको एमालेले करिब ९० सिट जित्ने दाबी गरेको छ ।

कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ क्षेत्र मध्ये ८० वटा क्षेत्रमा जित हात पार्ने दाबी गरेको छ । कांग्रेस नेता वालबृष्ण खाँडले पार्टीले आन्तरि मुल्याकन गरेको र विज्ञहरुलाई पनि बुझ्न लगाएको बताए । उनले कांग्रेस ८० भन्दा कम ठाउँमा नआउने दावी गरे । ‘६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिन्छ । ’ उनले भने । १६५ क्षेत्रमध्ये कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चार–चार तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग एक–एक स्थानमा तालमेल गरेको छ ।

एमाले नेता विष्णु रिमालले यसपटक कागठबन्धनको बहुमतको सरकार बन्ने र एमाललेले एक्लै बहुमत ल्याउने दावी गरे । ‘हामी कम्तिमा पनि सय सिट प्रत्यक्षमा ल्याउछौ’ उनले भने, ‘प्रत्यक्ष र समानुपाति गरि १ सय ६० जित्ने आकला छ हाम्रो ६५ माथिका लागि अहिले कसरत भइरहेको छ ।’ वाम गठबन्धनका माओवादीले ६२ स्थान उम्मेदवारी दिएको छ भने सात स्थान साना दल र स्वतन्त्रले लिएका छन् । माओवादी केन्द्रले पनि प्रत्यक्ष र समानुपाति गरि ५५ सिट जित्ने आकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...