३२ जिल्लामा मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?



काठमाडौँ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बिहीबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज अन्तिम चुनावी प्रचार–प्रसार गर्दैछन्।

मौन अवधिभर राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीहरुले आचारसंहिता विपरीत काम गर्न पाउँदैनन्। सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार–प्रसार गर्न पाउँदैनन्।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भने निर्वाचन प्रचारको कार्यक्रम रोकिने छैन।

के के गर्न पाइँदैन

निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा उम्मेदवारले भोट माग्न तथा अन्य प्रचारात्मक काम गर्न पाउने छैनन्। मौन अवधिको उल्लङ भएको ठहर भएमा निर्वाचन आयोगले उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्द गर्न सक्नेछ।

निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनु पर्ने।

एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने।

मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु