आजबाट माउण्ट मकालुको ५० प्रतिशत हकप्रद खुल्यो



हाम्रो इकोनोमि

काठमाण्डौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले मंसिर ७ गते विहीबारदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर विक्री खुला गरेको छ । बैंंकले दुई बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यको तीन लाख ४५ हजार आठ सय कित्ता हकप्रद जारी गरेको हो ।

बैंकको निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । हकप्रदमा विक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, लगनखेल, पोखरा तथा माउण्ट मकालुको शाखा कार्यालयहरु तेह्रथुम तथा सम्पुर्ण कार्यालयहरुबाट आवेदन गर्न सकिनेछ ।

धितोपत्र बोर्डको निर्देशन बमोजिम उपत्यका बाहिरका मुख्य शहरबाट आवेदन गर्ने व्यवस्थाका लागि बैंकले इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढीबाट समेत हकप्रद भर्न सकिने व्यवस्था रहेको छ ।

हकप्रदमा कात्तिक १६ गते विहीबारसम्म कायम रहेको सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद पुस १२ गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...