आजबाट माउण्ट मकालुको ५० प्रतिशत हकप्रद खुल्यो



हाम्रो इकोनोमि

काठमाण्डौं । माउण्ट मकालु डेभलपमेन्ट बैंकले मंसिर ७ गते विहीबारदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर विक्री खुला गरेको छ । बैंंकले दुई बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यको तीन लाख ४५ हजार आठ सय कित्ता हकप्रद जारी गरेको हो ।

बैंकको निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । हकप्रदमा विक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, लगनखेल, पोखरा तथा माउण्ट मकालुको शाखा कार्यालयहरु तेह्रथुम तथा सम्पुर्ण कार्यालयहरुबाट आवेदन गर्न सकिनेछ ।

धितोपत्र बोर्डको निर्देशन बमोजिम उपत्यका बाहिरका मुख्य शहरबाट आवेदन गर्ने व्यवस्थाका लागि बैंकले इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढीबाट समेत हकप्रद भर्न सकिने व्यवस्था रहेको छ ।

हकप्रदमा कात्तिक १६ गते विहीबारसम्म कायम रहेको सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद पुस १२ गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...