यी हुन् आरजुलाई पैसा बुझाए पछी देउवा सरकारले बढुवा गरेका चार एआइजी,कसको जिम्मेवारी कहाँ तोकियो?



हाम्रो इकोनोमि

सरकारले बुधबार बढुवा गरेका नेपाल प्रहरीका चार एआइजीले जिम्मेवारी पाएका छन्।

बढुवा भएका मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल, हेमन्तबहादुर पाल र पंकज श्रेष्ठलाई पदस्थापन गरिएको हो। उनीहरुको पदस्थापनसँगै दुई एआइजीलाई सरुवा गरिएको छ।

पुडासैनीलाई प्रदेश नम्बर ५ र नेपाललाई प्रदेश ७ को जिम्मेवारी दिइएको छ। प्रदेश ५ मा रहेका एआइजी मिङमार लामालाई सुरक्षा परिषद् र प्रदेश ७ का विजय भट्टलाई प्रहरी महानिरीक्षकको कार्यालयमा तानिएको छ।

यस्तै, एआइजी पाललाई मानव स्रोत साधन विभाग र श्रेष्ठलाई कार्य विभागको जिम्मेवारी तोकिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार डिआइजीलाई एआइजीमा बढुवा गरेको हो। गत कात्तिक २७ गते बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो।

बढुवा सिफारिसमा चित्त नबुझे एक साताभित्र उजुरी गर्न सकिने प्रावधान रहे पनि उनीहरु विरुद्ध कुनै पनि उजुरी नपरेपछि सरकारले बढुवा गर्ने निर्णय गरेको हो। श्रोतका अनुसार प्रधानमन्त्री पत्नी आरजुलाई पैसा बुझाए पछी उनीहरुको बढुवा गरिएको हो। र आरजुले कैलालीमा सोही पैसाले घर किनेको श्रोतको भनाई छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...