सिभिल बैंकको ४० प्रतिशत हकप्रद शेयर मंसिर २२ देखि किन्न पाईने



हाम्रो इकोनोमि

काठमाडौं। सिभिल बैंकले मंसिर २२ देखि पुस २७ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको छ।

बैंकको ४० प्रतिशत हकप्रद शेयर मंसिर ४ गते सम्म कायम भएका शेयरधनीले आवेदन दिन पाउने बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। बैंकले प्रतिसाधारण शेयर एक सय रुपैयाँमा दुर्इ करोड सात लाख कित्ता हकप्रद निष्काशन गरेको हो। बैंकको हालको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ छ। हकप्रदपछि ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

हकप्रदपछि बैंकको पूँजी संरचना संस्थापक शेयर धनीतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ भने ४९ प्रतिशत हुनेछ। हकप्रद खरिदको लागि सिभिल बैंकको केन्द्रीय तथा शाखा कार्यलयहरु, लक्ष्मी क्यापिटल बानेश्वर, सिभिल क्यापिटल मार्केट सुन्धारा तथा आस्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ। ‍

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...