सिभिल बैंकको ४० प्रतिशत हकप्रद शेयर मंसिर २२ देखि किन्न पाईने



हाम्रो इकोनोमि

काठमाडौं। सिभिल बैंकले मंसिर २२ देखि पुस २७ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको छ।

बैंकको ४० प्रतिशत हकप्रद शेयर मंसिर ४ गते सम्म कायम भएका शेयरधनीले आवेदन दिन पाउने बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। बैंकले प्रतिसाधारण शेयर एक सय रुपैयाँमा दुर्इ करोड सात लाख कित्ता हकप्रद निष्काशन गरेको हो। बैंकको हालको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ छ। हकप्रदपछि ७ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

हकप्रदपछि बैंकको पूँजी संरचना संस्थापक शेयर धनीतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ भने ४९ प्रतिशत हुनेछ। हकप्रद खरिदको लागि सिभिल बैंकको केन्द्रीय तथा शाखा कार्यलयहरु, लक्ष्मी क्यापिटल बानेश्वर, सिभिल क्यापिटल मार्केट सुन्धारा तथा आस्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ। ‍

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...