सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने



हाम्रो इकोनोमि

काठमाडौँ मानगरपालिकाभित्र कसैले सडक भत्काएमा सबैभन्दा पहिले महानगरलाई जानकारी दिनुपर्ने छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने बताउनुभयो ।

“कहाँको सडक भत्काउँदै हो, कसले भत्काउन लागेको र कहिलेसम्म बनाइसक्ने हो, सबै जानकारी महानगरलाई गराउनुपर्छ,” प्रमुख शाक्यले भन्नुभयो । जथाभावी सडक भत्काउँदा सर्वसाधारणले समस्या भोक्नु परेकाले पूर्व जानकारी गरेरमात्र भत्काउन तथा प्राथमिकताको साथ निर्माणको काम गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माको अध्यक्षतामा बसेको बैठकले महानगरको अधिनमा रहेको आठ मिटरसम्मको सडक होस् या सडक विभागले बनाउने ठूला सडक भत्काउँदा निर्माण गर्ने कार्ययोजनासहित महानगरलाई जानकारी दिनुपर्ने निर्णय गरेको थियो । सहरको विकास निर्माणको काममा विभिन्न संस्थाको संलग्नता रहेकाले विकासको काम गर्दा समन्वय रहोस् भन्ने उद्देश्यले यस किसिमको अवधारण ल्याइएको शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...