बक्ताले दिवंगत छोरा प्रकाशको बखान गर्न थालेपछी यसरी मञ्चमै भक्कानिइन् आमा सीता,प्रचण्डले पनि आँशु थाम्न सकेनन



हाम्रो इकोनोमि

पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनको चुनावीसभामा सहभागी भएका छन्।

संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन दाहाल दम्पती आज चितवन आइपुगेका हुन्। उनीहरुका दिवंगत छोरा प्रकाशकी पत्नी बिना पनि सँगै आएकी छिन्।

चितवनको बसपार्कमा भएको चुनावीसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।
मञ्चमा रहेका दाहाल दम्पती निकै भावुक अवस्थामा देखिएका छन्।गत आइतबार हृदयाघातका कारण दाहालका एक मात्र पुत्र प्रकाशको निधन भएको थियो।
सभालाई माओवादी अध्यक्ष प्रचण्डले भने सम्बोधन नगर्ने उनको निजी सचिवालयले जनाएको छ। सभामा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ।
चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रचण्डसँग राप्रपा प्रजातन्त्रिकका विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...