बक्ताले दिवंगत छोरा प्रकाशको बखान गर्न थालेपछी यसरी मञ्चमै भक्कानिइन् आमा सीता,प्रचण्डले पनि आँशु थाम्न सकेनन



हाम्रो इकोनोमि

पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनको चुनावीसभामा सहभागी भएका छन्।

संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन दाहाल दम्पती आज चितवन आइपुगेका हुन्। उनीहरुका दिवंगत छोरा प्रकाशकी पत्नी बिना पनि सँगै आएकी छिन्।

चितवनको बसपार्कमा भएको चुनावीसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।
मञ्चमा रहेका दाहाल दम्पती निकै भावुक अवस्थामा देखिएका छन्।गत आइतबार हृदयाघातका कारण दाहालका एक मात्र पुत्र प्रकाशको निधन भएको थियो।
सभालाई माओवादी अध्यक्ष प्रचण्डले भने सम्बोधन नगर्ने उनको निजी सचिवालयले जनाएको छ। सभामा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ।
चितवन ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका प्रचण्डसँग राप्रपा प्रजातन्त्रिकका विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...