ईश्वर पोखरेलको यस्तो आक्रामक चुनाबी प्रचार देखी पछी प्रतिस्पर्धी उम्मेदवारलाई भयो भाउन्न,पोखरेलको जित सुनिश्चित



हाम्रो इकोनोमि

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार विहान टोखा नगरपालिका तिलिङटारबाट बिहान नौ बजे घरदैलो अभियान सुरु गरे। काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलको साथमा थिए प्रदेश सभा (ख) का उम्मेदवार दीपक निरौला र कार्यकर्ताहरु।

मुस्कानसहित अभिवादन गरेर भोट माग्दै हिंडेका पोखरेललाई मतदाताले टिका र खादा लगाएर जितको शुभकामना दिने गरेका थिए। तर उनले मतदाताले लगाइदिएको खादा मतदातालाई नै लगाइदिए।

मतदाताले जितको शुभकामना दिएपछि पोखरेल भन्दैथिए,‘मतदातालाई सधैँ सम्मान गरेको र गरिरहन्छु।’ घरदैलो अभियानका क्रममा आफ्नो जित सुनिश्चित रहेको भन्दै पोखरेल ठाउँठाउँमा मतदातासँग फोटोसमेत खिचाउँथे।

यसैक्रममा पोखरेलको टोली पुग्यो कर्मवन्धी शर्माको घरमा। शर्माले पोखरेललाई शुभकामना दिँदै भने,‘हाम्रो भोट तपाईँलाई नै हो, एमालेको राष्ट्रियताको अडान र राजनीतिक स्थायित्वको लागि वाम गठबन्धनका साझा उम्मेदवारलाई भोट।’

भोटसहितको आशीर्वाद माग्दै घरदैलो अभियानमा रहेका पोखरेललाई भेटिएका सबै मतदाताले भोट दिने आश्वासन दिएका थिए। मतदाताको यस्तो आश्वासन पाएपछि पोखरेल उत्साहित बनेका थिए।

घरदैलो अभियानकै क्रममा एक जना पाका मतदाता रेवती लामिछाने भेटिए। उनले कांग्रेस बहुमतको सरकारले केही गर्न नसकेको भन्दै पोखरेललाई भोट दिने आफ्नो इच्छा भएको सुनाए।

कथाकार हरि खनालको घरमा पुगेका पोखरेललाई उनले भोट दिने बताए। खनालले भने,‘पोखरेल यहाँको स्थानीय भएकाले यहाँका समस्या बारे जानकार छन्। राष्ट्रिय राजनीतिमा योग्दान पुर्‍याउने राष्ट्रको आवश्यक नेता भएकोले सबैले भोट दिएर जिताउनुपर्छ।’

मंगलबार अढाई घण्टामा करिब चार सय घरमा घरदैलो गरेका पोखरेलले सयुक्त निर्वाचन परिचालन कमिटीको कार्यालय टोखा नगरपालिका ५ मा पुगेर साढे एघार बजे आजको घरदैलो कार्यक्रम समापन गरे।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको चीन भ्रमण स्थगित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित...

सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...