स्वास्थ्य संस्था सञ्चालन गर्न समिति गठन



हाम्रो इकोनोमि

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ।

स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७१ (दोस्रो संशोधन, २०७३) अनुसार व्यवस्थापन समिति गठन गरिएको हो।

समितिको संरक्षकमा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर, अध्यक्षमा लालबहादुर ऐर र सदस्यमा व्यवसायीका तर्फबाट हेरन्द्र भण्डारी, शैक्षिक संस्थाका तर्फबाट राजेन्द्र पाण्डेय, नैनसिंह ऐर र वडासचिव कृष्ण कार्की चयन भएका छन्।

समितिको संरक्षकका लागि स्वास्थ्य क्षेत्रका स्थानीय जानकार एक महिला र वडा कार्यालयका अधिकृत गरी थप दुई जना मनोनीत गरिनेछ।

समिति गठनका क्रममा नगर प्रमुख ऐरले गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...