जेठी बुहारी सिर्जनालाई लाजिम्पाटको ताला चाबी बुझाएर प्रचण्डको सिंगो परिवार चितवन पुग्यो,बिना पनि संगै



हाम्रो इकोनोमि

शोकाकूल अवस्थामा रहेपनि प्रकाश दाहाल पत्नी बीना मगर छोरा प्रणबका साथ चितवन पुगेकी छन्।
चितवनमा हुन लागेको श्रद्धाञ्जली सभामा भाग लिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथ भरतपुर पुगेकी हुन्।

यति एयरलाइन्सको विहान १० बजेको उडानबाट भरतपुर लागेका प्रचण्डका साथमा पत्नी सीता दाहाल, छोरीहरु रेणु र गंगा, नाति, ज्वाइँ अर्जुन पाठक, प्रकाशका बीनातर्फका छोरा प्रणब छन्।
यसैगरी बरिष्ठ एमाले नेता माधव नेपाल, माओवादी केन्द्रका नेता रामबहादु थापा बादल’ र उनकी पत्नी नैनकला थापा छन्।

भरतपुर विमानस्थलमा ओर्लंदा पनि बीना शोकाकूल देखिन्थिन्। उनलाई बादलपत्नी नैनकलाले सम्हालिरहेकी थिइन्।
प्रचण्ड केही सम्हालिएका देखिएपनि सीता, छोरी रेणु र गंगा शोकाकूल देखिन्छन्।
बीना भरतपुर पुगेपनि प्रकाशकी जेठी पत्नी सिर्जना त्रिपाठी भने लाजिम्पाटस्थित निवासमा छोरा प्रसिद्धका साथ छिन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...