यसरी जित्दैछन् चितवन क्षेत्र नं.१ मा वाम उम्मेदवारले, प्रतिस्पर्धी धेरै पछाडी !



हाम्रो इकोनोमि

निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचनमा उठेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । प्रतिनिधि चितवनको क्षेत्र नं. १ बाट उठेका वाम उम्मेदवार सुरेन्द्र प्रसाद पाण्डे पनि आफ्नो चुनावी कार्यक्रमलाई तिब्रता दिएका छन् ।

उनी त्यस क्षेत्रको लोकप्रीय नेता पनि हुन । विगतको संविधानसभाको चुनावमा पनि विजय हासिल गरेका पाण्डेले यसपटक पनि जितलाई निरन्तरता दिने कुरामा दुईमत छैन । उनी उम्मेदवार भएपछि स्थानीय जनतामा उत्साह भरिएको छ ।

विकासप्रेमी नेताको रुपमा त्यहाँ सुरेन्द्र पाण्डे परिचित रहेका छन् । उनले विभिन्न ठाउँमा गएर चुनावी सभालाई सम्बोधनल गरिरहेको छन् । उनले आफ्नो क्षेत्रको मात्र नभई अन्य क्षेत्रमा समेत गएर चुनावी सभालाई सम्बोधन गर्न भ्याएका छन् ।
यसै गरी प्रदेशसभामा उठेका दावा दोर्जे लामाले पनि आफ्नो चुनावी कार्यक्रमलाई उत्साहका साथ अगाडी बढाईरहको छन् । राप्ती नगरपालिकाको सबै क्षेत्रमा घरदैलो कार्यक्रम सकी अहिले खैरही नगरपालिकामा रहेको हाम्रो ईकोनोमीलाई बताए । स्थानीय जनताहरुले वाम उम्मेदवारहरुलाई भव्य स्वागत गरिरहेका छन् । वाम उम्मेदवारले घरदैलो कार्यक्रम गरिरहदा अन्य दलको चुनावी कार्यक्रम फितलो सावित भएको स्थानीयहरुको बुझाई छ ।

चितवनको क्षेत्र नं. १ लाई वाम वर्चश्व क्षेत्रको रुपमा चिनिन्छ । २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि सुरेन्द्र पाण्डेले जित हात परेको क्षेत्र हो ।  नेकपा एमाले मात्र भएको बेलामा पनि एमालेले जित हात पारेको यस क्षेत्रमा अहिले माओवादी केन्द्र पनि मिसिएको छ । यस मानेमा पनि अब यस क्षेत्रमा वाम उम्मेदवारले जित्ने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...