रामेछापमा उनको बिकाशे नेताको नाम,यसरी चुनाब जित्दैछन् कान्छाराम



हाम्रो इकोनोमि

रामेछापका नेपाली कांग्रेस प्रतिनिधिसभाका उम्मेदवार कान्छाराम तामाङ (पूर्णबहादुर) ले जिल्लाको बिकासमा अहिलेसम्म गरेको योगदान नै आफूले जित्ने आधार भएको बताएका छन् ।
चुनावी अभियानका क्रममा रामेछापमा रहेका तामाङले मतदाताहरुको समर्थन आफूलाई नै हुने बताए । यूवा नेता तथा समाजसेवी तामाङले जिल्लाको समग्र हित र बिकास नै आफ्नो प्रमुख एजेण्डा भएको जनाए । ‘ मलाई कुनै लोभ छैन , सांसद भएपछि पनि यही जिल्लाका आमाबुबा दाजुभाई र दिदीबहिनीका लागि लगानी गर्छु ’ मतदातालाई जनता भन्न नरुचाउने उनले थपे ‘ उहाँहरुको मायाले यो कान्छाराम बाँचेको छ त्यसैले अब पनि मलाई बचाइरहनुहोला भन्ने लागेको छ ।’ उनले आफूलाई सांसदबापत आउने सेवा सुविधा पनि गाउँकै बिकासका लागि खर्चने प्रतिवद्धता गरेका छन् । कान्छाराम कन्स्ट्रक्सन प्रालि काठमाडौंका संचालक तामाङले आफ्नो पहलबाट जिल्लामा धेरैवटा बिकास निर्माणको काम गरिएको प्रष्ट पारेका छन् । ‘

मैले गरेको काम उहाँहरुलाई थाहा छ बिकासप्रेमी नेतालाई जिताउनुपर्छ भन्ने अभियानमा सबैको एकमत छ’ उनले थपे ‘ हिजोका दिनमा जिल्लाबासीलाई अप्ठेरो पर्दा पनि म उपस्थित भएको छु र भोलि पनि यो भूमिका थप प्रभावकारी हुन्छ ।’
उनले गाउँमा एम्वुलेन्स दिएका छन् । सुत्केरी र बिरामीलाई समस्या पर्दा आफ्नै खर्चमा हेलिकोप्टरबाट काठमाडौं ल्याएर उपचार गराएका छन् । विद्यालय, सडक, मन्दिर तथा सार्वजनिक संघसंस्थालाई पनि आर्थिक सहयोग गर्दै आएका उनले अहिले विपक्षी पार्टीहरुले गठबन्धन गरेपनि आफूलाई असर नपर्ने बताए ।

‘ उता बामगठन्धन छ त्यो त हो तर मैले जिल्लावबासीको काम बढी गरेको हुनाले मलाई मत आउने कुरामा शंका छैन’ उनले भने ‘ म त कांग्रेसको मात्र होइन सबैको साझा उम्मेदवार हो, मतदाताहरुले आफ्नो हितलाई छोडेर कसैले फकाउँदैमा र नचाँहिदा आश्वासन दिँदैमा कसैले मख्ख पार्न सक्दैन ।’ संविधानसभाको दोस्रो निर्वाचनमा पनि समानुपातिक उम्मेदवार बनेका उनी पार्टीको राजनीतिमा सधैं सक्रिय छन् । ‘ म जहाँ गएपनि उहाँहरुको राम्रो समर्थन पाएको छु, फूलमाला लाएर स्वागत गर्नुभएको छ, मतदाताहरु नै मलाई भेट्न र आफ्ना गुनासा तथा समस्याहरु राख्न चाहनुहुन्छ’ उनले भने ‘ म प्रत्येक दुःखसुखमा सँगै छु, उहाँहरुको समस्या र आवश्यकता बुझको त्यसैले पनि मलाई काम गर्न सजिलो हुन्छ ।’ उनले अरु नेताले बिकासका मुद्धालाई सम्बोधन गर्न नसकेको र आफू बाहिरै भएरपनि गाउँको लागि लागिपरेको दावी गरेका छन् ।

तामाङ बाम गठबन्धनका उम्मेदवार श्यामकुमार श्रेष्ठसँग प्रतिस्पर्धा गर्दैछन् । उनले श्रेष्ठ निर्वाचित भएपनि बिकासको काम गर्न नसकेको आरोप लगाए । ‘ पहिले जित्नेको काम पनि थाहा पाइसकेका छौं त्यसैले बाम गठबन्धन भन्दैमा बलियो छ भन्ने हुँदैन, यसपालि मैले जितेर चमात्कार गर्दिन्छु केही दिन पर्खिनुहोला ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...