फेसबुकका मालिकले यस्तो बनाईदिए हिजो निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक खाता



हाम्रो इकोनोमि

सामाजिक संजाल फेसबुकले कुनै पनि फेसबुक प्रयोगकर्ताको निधन भइसकेपछि सोही अनुसारको जानकारी दिन्छ भन्ने कुरा सुनिएको थियो । तर यो कुरा प्रकाश दाहालको फेसबुकबाट पुष्टी भएको छ । आइतबार निधन भएका दाहालको आधिकारिक फेसबुक प्रोफाइललाई फेसबुक आफैँले परिवर्तन गरिदिएको छ ।

फेसबुकले दाहालको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering’ भन्ने शब्द हालिदिएको छ जुन मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ ।
साथै उनको प्रोफाइल माथि फेसबुकले ‘Remembering Prakash Dahal’ देखिएको छ, जहाँ (We hope people who love Prakash will find comfort in visiting his profile to remember and celebrate his life.) भन्ने संदेश देखाएको छ । फेसबुकले प्रयोगकर्ताको मृत्यु भईसकेपछि उसको एकाउन्टलाई आफै memorialized accounts को रुपमा परिवर्तन गर्छ भन्ने कुरा यस कुराले प्रमाणित गरेको छ ।

विश्वमा झन्डै आधा जनशंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ । फेसबुक आफैले जो-जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न भने सक्दैन । तर जो व्यक्ति मर्छ र उसलाई समवेदना भन्दै उसको फोटो सेयर गर्ने तथा फेसबुक मार्फत दु:ख व्यक्त भएपछी फेसबुकले त्यस्ता व्यक्तिको एकाउन्टलाई memorialized accounts को रुपमा परिवर्तन गरिदिन्छ । प्रकाशको फेसबुक एकाउन्ट पनि यस्तै भएको हुनसक्छ ।

आइतबार मृत्यु भएका प्रकाश दाहालको फोटोहरु सामाजिक संजालमा हजारौं-लाखौँले श्रद्धान्जली दिंदै पोष्ट गरेको कारण पनि फेसबुकले उनको मृत्यु भएको भन्ने बुझेर उनको फेसबुक परिवर्तन गरेको हुन सक्छ । लगातार फेसबुकमा प्रकाश दाहालकको फोटो हाल्दै उनको मृत्युबारे पोष्टहरु सेयर गरिएका थिए ।

माथिको बिषयलाई प्रमाणित गर्ने आधारहरु पनि छन् । फेसबुकको नीति अनुसार अब प्रकाश दाहालको फेसबुकको पासवर्ड कसैलाई थाहा छ भने पनि अन्य व्यक्तिले उनको एकाउन्ट खोल्न सक्दैन । किनकी फेसबुक पोलिसी अन्तर्गत memorialized account को पाँचौं बुदामा यस्तो एकाउन्ट कसैले खोल्न नसक्ने कुरा उल्लेख गरिएको छ ।

प्रयोगकर्ता मरेपछि उसको फेसबुक एकाउन्टआई फेसबुकले आफसेआफ memorialized accounts बनाउँछ ।
साथै फेसबुकले दाहालको फेसबुक एकाउन्टबाट friends, following र message को अप्सन पनि हटाइदिएको छ ।

https://www.facebook.com/prakash.dahal.35762

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...