उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने पक्राउ



नुवाकोटका प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेस उम्मेदवार डा रामशरण महत र प्रदेश नंं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोटन गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्न भएको अभियोगमा दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिनुभयो । शुक्रबार काँग्रेसका उम्मेदवार महतद्वयलाई लक्षित गरी प्रेसरकुकर बम विस्फोटन गराएर फरार भएका २८ वर्षका धिताललाई आइतबार घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

धिताल नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का जिल्ला सदस्य भएको र उनीमाथि गएको भदौ ३० गते दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई मोसो दलेर दुव्र्यबहार गरेको अभियोग समेत प्रहरीले लगाएको छ ।

धितालमाथि जिल्ला प्रशासन कार्यालयमा ‘सार्वजनिक अपराध ऐन’ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको र थप प्रमाण जुटेपछि अन्य मुद्दा आकर्षित हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
पाँच हजार मेगावाट पीपीए गर्दै विद्युत् प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता

हारेकाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैन : प्रधानमन्त्री

    गैर आवासीय नेपाली संघ विभाजन गर्ने शेष घले र महेश श्रेष्ठलगायतको

राष्ट्र बैंकमा ३ खर्ब ३५ अर्ब थुप्रियो, व्यवस्थापन गर्न सकस

    वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन

नबिल प्रिमियम रेमिटेन्स बचत खाता वैदेशिक रोजगार श्रमीककालागी साथी

    विदेशमा कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश