ओलीले आफु पनि पीडामा रहेको सुनाउदै प्रचण्डलाई दिए यस्तो पत्र,र भने- तपाईंको पीडा मैले पनि अनुभूत गरिरहेको छु



हाम्रो इकोनोमि

पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति समवेदना दिन बिहानै राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगिन्। हृदयाघातका कारण निधन भएका प्रकाश दाहालप्रति श्रद्धाञ्जली दिन आएका शुभचिन्तकको भिड छिचोल्दै राष्ट्रपति दाहालले प्रचण्डसँग भेट गरिन्। र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिन्।

राष्ट्रपति बाहिरिएको करिब दुई घन्टापछि एमाले अध्यक्ष केपी ओली दाहाल निवास पुगे। त्यसअघि नै एमाले नेता विष्णु रिमाल पार्टी अध्यक्ष ओलीलाई ढोकाबाहिर प्रतीक्षा गरिबसेका थिए। रिमालले एमाले अध्यक्षद्वारा हस्ताक्षरित शोकपत्र बोकेका थिए।

प्रचण्ड निवास पुगेका ओलीले मुलढोका छेउमै राखिएको प्रकाशको तस्बिरमा माल्यार्पण गरे अनि बैठक कक्षतिर लागे। एमालेका केही नेतासहित लाजिम्पाट पुगेका ओलीले प्रचण्डलाई पार्टीको तर्फबाट शोकपत्र हस्तान्तरण गरे।
ओलीले बुझाएको शोकपत्रमा लेखिएको थियो, ‘तपाईको सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य साकार दाहाल ‘प्रकाश’को खबरले म स्वयं भावविह्वल भएको छु।’

वाम गठबन्धनको एक मुख्य नेताको हैसियतमा निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र अर्कोतिर पुत्र शोकको अकल्पनीय घटनाले पर्न गएको पीडा आफूले पनि अनुभूत गरिरहेको ओलीले उल्लेख गरेका छन्।

प्रकाश, माओवादी केन्द्रका अध्यक्षको पुत्र मात्र नभएर सचिवालयको मुख्य व्यक्तिसमेत रहेको उल्लेख गर्दै ओलीले उनको निधनले पारेको खाडल अपुरणीय रहेको महसुस गरेको बताए। पार्टी तथा अध्यक्ष दाहालको व्यवस्थापनमा प्रकाशको भूमिका स्मरण गर्दै ओलीले त्यो रिक्तता र पुत्र वियोगको पीडामा सबै परिवारमा समवेदना व्यक्त गरेका छन्।

ओलीलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालसमेत प्रचण्ड निवास पुगेका थिए।

प्रकाशको सम्झनामा माओवादी केन्द्रले भोलि देशभरका चुनावी कार्यक्रम हुनुअघि मौनधारण गर्दै श्रद्धाञ्जली दिने कार्यक्रम तय गरेको छ। त्यस्तै मंसिर ७ गते लाजिम्पाट निवासमा बृहत् श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ।
प्रचण्ड भोलि नै चितवनको चुनावीसभामा सरिक हुने उनको निजी सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...