महासचिव पोखरेललाई खेलाडिहरुको समर्थन



हाम्रो इकोनोमि

काठमाडौं । राष्ट्रिय खेलाडीहरुले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई आसन्न निर्वाचनमा विजयका निम्ती शुभकामना दिएका छन् । वाम गठवन्धनका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ५ वाट प्रतिनिधीसभा सदस्य तर्फका उम्मेदवार रहनुभएका महासचिव पोखरेललाई खेलाडीहरुले आफुहरुको समर्थन हुने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली फुटवलका चर्चित डिफेन्डर राकेश श्रेष्ठ र स्ट्राइकर हरि खड्कासहित धापासीस्थित उहाँको निवासमा पुगेका खेलाडीहरुले यस निर्वाचनमा महासचिव पोखरेलले जित्नै पर्ने भन्दै शुभकामना दिएका थिए । ‘तपाई जस्तो वौद्धिक र देशकै नेतृत्व गर्ने सक्ने खुवी भएको नेताले यसपाली निर्वाचन जित्नु पर्छ भनेर हामीहरु तपाईलाई शुभकामना दिन घरमै आएका हौं’, फुटवलका चर्चित डिफेन्डर राकेश श्रेष्ठले महासचिवसँगको भेटमा भनेको उहाँलाई उद्धृत गर्दै निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले वताउनुभयो ।

भेटमा खेलाडीहरुले महासचिव पोखरेललाई निर्वाचनमा विजय भएर खेलकुदको विकासमा लाग्नुपर्ने सुझाव दिएका थिए । ‘तपाई निर्वाचित भएपछि खेलकुदको विकास र खेलाडीहरुको हितमा काम गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं’– भन्दैं स्ट्राइकर हरि खड्काले सुझावका क्रममा बताउनुभएको थियो । उहाँहरु सवै महासचिव उम्मेदवार रहेको निर्वाचन क्षेत्र ५ अन्तर्गतको काठमाडौं महाननगरपालिका वडा नं. ५ टंगालका मतदाता हुनुहुन्छ । टंगालका व्यवसायी र स्थानीय अगुवासहित उहाँले महासचिवलाई भेट्नुभएको हो ।

महासचिव पोखरेलले खेलाडी राष्ट्रको एकतालाई जोड्ने माध्यम भएको भन्दैं खेलकुदको विकासमा आफु सदैंव लाग्ने बताउनुभयो । उहाँले खेलक्षेत्रको विकासका निम्ती आफुलाई ठोस प्रस्ताव सहित निरन्तर सल्लाह र सुझाव दिन आग्रह गर्नुभयो । महासचिवसँगको भेटपछि उत्साहित भएका खेलाडीहरुले उहाँलाई जिताउन एकतावद्ध भएर लाग्ने बताएका थिए । निर्वाचनमा महासचिवको विजयका निम्ती राष्ट्रीय कलाकारहरुदेखि चिकित्सकसम्मले अभियान सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...