जब प्रचण्ड र बाबुरामका आँखा जुधे,घ्वाप्लाक्क अंकमाल गरे र, क्वाँ क्वाँ रोए



हाम्रो इकोनोमि

प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे ।गोरखामा चुनावी प्रचारमा जुटेका भट्टराई हेलिकप्टरबाट काठमाडौं आएका हुन्।

भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए ।
प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए । शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गरेन ।
डा.बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेपछि आजसम्म पेरिसडाँडामा पाइला टेकेका थिएनन् ।

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई राजनीतिक समकक्षी पुष्पकमल दाहाललाई समवेदना तथा उनका पुत्र प्रकाशलाई श्रद्धाञ्जलीका लागि काठमाडौं आएका हुन् ।
नेकपा माओवादी छाडेर नयाँ शक्तिमा सक्रिय रहेका भट्टराई नेपाली कांग्रेससँगको सहकार्यमा चुनावी मैदानमा छन् भने प्रचण्डको प्रतिनिधित्व गर्दै नारायणकाजी श्रेष्ठ भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...