मृत्यु भएको सात घण्टा पछी नर्भिक अस्पतालले भन्यो- प्रकाशको निधन आकस्मिक हृदयघातबाट



हाम्रो इकोनोमि

नर्भिक अस्पतालले प्रकाश दाहालको निधन आकस्मिक हृदयघातका कारण भएको घोषणा गरेको छ। आज बिहान घरमै अचेत अवस्थामा भेटिएका प्रकाशलाई ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा पुर्याउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालले जनाएको छ।

प्रकाशको अस्पताल ल्याइपुर्‍याउँदै निधन भए पनि उनका बुबा एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल आइपुगेपछि मात्र उनको निधनको औपचारिक घोषणा गरिएको हो।

प्रकाशको पार्थिव शरीर ४ बजेसम्म पार्टी कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जलीका लागि राखिनेछ भने त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने माओवादी प्रवक्ता पम्फा भुसालले जनाएकी छिन्

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...