प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका कार्यक्रम सबै स्थगित



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको निधनले सर्वसाधारण दुखित भएका छन् ।  चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आज सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेका छन् ।

प्रकाश २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिनुभएको हो । उहाँको बाल्यकाल यहीँ बितेको थियो । उहाँ अध्यक्ष पुष्पकमलका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । द्वन्द्वकालमा भूमिगत रहेर बुवासँगै उहाँले राजनीति गर्नुभएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिस्पर्धामा रहनुभएका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले दाहाल परिवारमा परेको पीडाप्रति आफू मर्माहित भएको जनाउँदै आज घरदैलो र चुनावीसभाका सबै कार्यक्रम स्थगन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक होनाहार युवाको निधन भएको छ, म दुःखित छु । दाहाल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

पाण्डेको क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर र २६ को दिव्यनगरमा आज घरदैलो र चुनावीसभाका कार्यक्रम थिए । प्रकाशको निधनको खबर पाउनासाथ सबै कार्यक्रम स्थगन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै वाम गठबन्धनले जिल्लाका तीन वटै क्षेत्रमा आज गर्ने भनेको घरदैलो र चुनावीसभाका कार्यक्रम सबै स्थगन गरिएको माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले बताउनुभयो ।

पार्टी अध्यक्षका पुत्र प्रकाशको निधनले सिंगो देश शोकमा रहेको भन्दै जिल्लाका सबै कार्यक्रम स्थगन गरिएको उहाँले बताउनुभयो । वाम गठबन्धनले यही मङ्सिर ५ गते भरतपुरमा गर्ने भनिएको चुनावीसभा पनि हालका लागि स्थगन गरिएको छ । सो सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो ।

प्रकाशको निधनसँगै भरतपुरमा रहनुभएकी प्रकाशकी दिदी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसहित जिल्लाका माओवादी नेता र शुभेच्छुक हेलिकप्टर र जहाजमार्फत काठमाडाँैं जानुभएको छ । निर्वाचनमा बुबा पुष्पकमल चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेपछि बुबासँगै धेरै समय यहीँ रहेकाले प्रकाश चितवनमा राम्ररी परिचित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...

ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिव, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिवको उम्मेदवार

    नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष...

एमाले महाधिवेशनको उम्मेदवारी दर्ता फारम वितरण

    काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको...