काठमाडौँ महानगरका मेयर हार्पिक र व्रस वोकेर सार्वजनिक सौचालय पुगेपछि…



 

काठमाडौँ । चुनावी प्रचारका क्रममा कोही उम्मेदवार धान काट्दै गरेको, कोही उम्मेदवार हलो जोत्दै गरेको त कोही उम्मेदवार खेतमै गएर कोदालो खन्दै गरेका तस्बिर सामजिक सञ्जालमा भाइरल बनेका छन् । कहिल्यै खेतमा नपसेका, हलोका बारेमा पनि राम्ररी जानकारी नपाएका उम्मेदवारहरुले समेत विना प्रसङ्ग चुनावी प्रचारकै लागि त्यस्ता तस्बिरहरु सामाजिक सञ्जालमा ‘पोष्ट’ गर्दा कतिपय दृष्य त नमिल्दा जस्ता पनि देखिन्थे ।
तर, शनिवार भने अलिक फरक खालको दृष्य राजधानी र त्यसमा पनि विश्व सम्पदा सूचिमा परेका हनुमान ढोका, स्वयम्भूलगायतका स्थानमा देखियो । शनिबार झुल्के घाँमसँगै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मात्र होइन, एमाले उपाध्यक्ष एवं काठमाडौँ क्षेत्र नम्बर–८ की प्रदेश सभा ‘ख’ की उम्मेदवार अष्टलक्ष्मी शाक्य, क्षेत्र नम्बर–८ कै संघ तर्फका उम्मेदवार जीवनराम श्रेष्ठ, प्रदेश सभा ‘क’का उम्मेदवार राजेश शाक्यलगायतका उम्मेदवार हातमा हार्पिक र ट्वाइलेट सफा गर्ने व्रस बोकेर सार्वजनिक सौचालय चाहार्दै हिड्दा त्यस आसपासका मतदाताले एकछि त केही अनौठो पनि माने ।
कुनै चलचित्रको छायांकनको क्रम पो चलिरहेको त छैन भन्दै बाटो हिड्ने समेत एकछिन टक्क उभिएर ती दृष्य अवलोकन समेत गर्दै थिए । त्यसैबेला मेयर शाक्यले ती सबै भ्रमलाई चिर्दै भन्नुभयो– ‘आज पाँचौ चर्पी दिवस हो । यही दिवसको अवसर पारेर हामीले सार्वजनिक सौचालय सफा राखौँ भनेर जागरण अभियान सञ्चालन गरेका हौँ ।’
उहाँले फेरि थप्नुभयो– ‘कतिपयले त चुनावी प्रचारका गरिएको ‘नाटक’ पनि भन्नाल् । तर, त्यस्तो होइन । सांस्कृतिक र पुरातात्वविक महत्वको यो शहरलाई सफा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि हामीले यो चर्पी दिवसको अवसर पारेर यसको थालनी गरेका हौँ ।
मेयर शाक्यसँगै चुनावी प्रचारमा रहनु भएका जीवनरामले पनि चर्पी दिवसलाई रचनात्मक रुपमा मनाएको प्रतिक्रिया दिनुभयो । ‘काठमाडौँ क्षेत्र नम्बर–८ सम्पदाको भण्डार भएको क्षेत्र हो । यो क्षेत्रमा विश्व सम्पदा सूचीमा परेका वसन्तपुर दरवार र स्वयम्भू चैत्य छन्,’ उहाँले भन्नुभयो, ‘पर्यटकको समेत विशेष रोजाइका यी क्षेत्रमा पर्ने सार्वजनिक सौचालय सफा राख्नु पर्छ भनेर हामीले जागरण अभियान सुरु गरेका हौँ ।’
उहाँले यो अभियान निरन्तर चल्ने पनि जानकारी दिनुभयो । ‘राष्ट्रलाई समृद्ध बनाउने हो भने सबै भन्दा पहिला आफू बस्ने घर र क्षेत्रलाई सुन्दर बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘हामी वसन्तपुर र स्वयम्भू चैत्यलाई ‘हेरिटेज वाक’का रुपमा विकास गर्न चाहन्छौँ । यो त्यसैको थालनी पनि हो ।’ उहाँले त्यस क्षेत्रका ९ वटा सौचालय सफा गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

    उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त