तेश्रो पटकको प्रयासले भट्टले देउवालाई हराउदै,पाँच पटक चुनाब जितेका देउवा यो पटक यसरी पछारिदै,देउवा सहित आत्तिए कांग्रेसी



हाम्रो इकोनोमि

आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा बढ्दै गएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका प्रधानमन्त्री देउवा छैटौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन । उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य खगराज भट्ट चुनावी प्रतिस्पर्धामा छन् ।

माओवादी नेता भट्ट प्रधानमन्त्री देउवासँग डडेल्धुरामा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् । विसं २०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचन तथा २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा देउवासँग भट्ट पराजित भएका थिए । भट्ट विसं २०६४ मा एक हजार ३०० तथा २०७० मा आठ हजारभन्दा बढी मतअन्तरले देउवासँग पराजित भएका थिए । अहिले देउवा त्यहि एक हजार तीनसय मतले पराजित हुने श्रोतको भनाइ छ ।

करिब तीन दशकदेखि डडेल्धुरामा पकड बनाएको काँग्रेसले केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकामा हार ब्यहोरेको थियो । त्यसकारण पछिल्लो समय काँग्रेस पहिलाको भन्दा कमजोर हुन पुगेको आँकलन गरिएको छ । यद्यपि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहको नतिजाले कुनै असर नपार्ने काँग्रेसका स्थानीय नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...