हेर्नुहोस के के छन डा राजन भट्टराईका आठ प्रतिवदत्ताहरु



यहि मंगसिर २१ गते  हुने  निर्वाचनको लागि बाम गठवन्धन को तर्फ बाट  काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा.राजन भट्टराई  अहिले घर दैलो को क्रममा रहेका छन । उनले आफ्नो घर दैलो को क्रममा आफ्ना योजना समेटिएको अपिल र आफ्नो परिचय समेटिएको पर्चा वितरण गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन । यस अघि नेपाल सरकाले मनोनित गर्ने २६ जना विसिस्ट व्यक्तिको कोटामा सभासद भएका भट्टराई अहिले प्रत्यक्ष चुनावी अभियान मा छन ।

यहाँ उनले सार्वजनिक गरेको प्रतिवदत्ता सहितको अपिलमा भएका केहि मुख्य कुराहरुको विवरण प्रस्तुत गरिएको छ ।

१.पूर्वाधार विकासका सम्बन्धमा

  • यस क्षेत्रभित्र निर्माण र स्तरोन्नति भइरहेका सडकहरुको निर्माण कार्य अविन्मब सम्पन्न गराई यस क्षेत्रलाई धुलो र हिलोमुक्त्त पर्न लगाइने  छ ।
  • हरेक सडक र चोकमा सूचना र सडक प्रयोग सम्बधि निर्देशन बोर्डको व्यबस्था गर्न लगाइने छ ।
  • सबै वडामा योजनाबद्ध ढंगले ढलनिकाशको व्यबस्था गरिने छ । यस क्रममा नदि, खोलामा सोझै ढल खसाउने कार्य रोकी प्रशोधन केन्द्र संचालन गरि त्यसको उपयुक्त व्यवास्थापन गर्न लगाइने छ ।
  • प्रत्येक वडामा ठाउँको उपलब्धता अनुसार फ्री वाईफाई सहितको हरित उद्यान, बालउद्यान, जेष्ठ नागरिक विश्राम स्थल, स्विन्मिंगपुल, जिम हाउस, प्राकृतिक चिकित्सा, रोग, ध्यान सहितको आरोग्य आश्रम, सिर्जना ग्राम र सामुदायिक केन्द्र संचालन गरिने छ ।
  • तिलगंगा, गौशाला, मित्रपार्क, चाबहिल चोक, गोपीकृष्ण र चुच्चेपाटीमा हुने गरेको यातयात जामलाई ध्यानमा राखी युनेस्कोको मापदण्ड विपरीत नहुने गरि तिलगंगा – ताम्रगंगा – गुहेश्वोरी दुई लेनको सुरुंगमार्ग निर्माण गरिने छ ।
  • बुढानीलकण्ठ – चुनिखेल – जगडोल भन्ज्याङ् (सहिद पार्क) सडक निर्माण कार्य सम्पन्न गरि हरियाली र उज्यालो मार्गक रुपमा संचालन गरिने छ ।

२.सुशासन सम्बन्धमा

  • यस क्षेत्रका सरकारी, सामुदायिक र निजि सेवाप्रदायक सस्थाहरुलाई भ्रस्टाचारमुत्त, स्वच्छ, मर्यादीत, पारदर्शी र आधुनिक लोककल्याणकारी राज्यको अवधारणा अनुरुप संचालन गर्न, गराउन प्रयत्न गरिने छ ।
  • सार्वजनिक प्रशासनलाई जनउत्तरदायी बनाउदै मुस्कान सहितको सुलभ सेवा प्रधान गर्ने वातवरण निम्ति प्रयत्न  गरिने छ ।

३.सामाजिक सुरक्षा र जनकल्याण सम्बन्धमा

  • नेकपा एमालेको नेत्रित्वको सरकारले प्रारमभ गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउदै लाने क्रममा जेष्ठ नागरिक भत्ता लगायतका सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने पार्टीको घोषणालाई प्रभावकारी रुपमा कार्यन्वयन गरिने छ ।
  • नगरक्षेत्र भित्र रहेका सुकुम्वासीहरुको उचित व्यवस्थापन गरिने छ ।
  • यस क्षेत्रका जनताको सुबिधाका निम्ति टोलटोलमा सुपथ मुल्य पसल र उपयुक्त स्थानमा व्यवस्थित बजार (सुपर मार्ट) को व्यवस्था गर्न पहल गरिने छ ।

४.स्वास्थ्य, शिक्षा र सिप विकासका  सम्बन्धमा

  • प्रत्येक वडामा दक्ष् नर्ससहितको प्रसूति केन्द्र स्थापना गर्न र प्रत्येक वडामा एउटा एम्बुलेन्सको व्यवस्था गर्न लगाइने छ ।
  • शिक्षा प्रणालीसंग आबद्ध गरि व्यवस्थित गर्न पहल गरिने छ ।
  • विद्यालय तहको पाठयक्रमलाई स्थानीय श्रम, सिप र उत्पादनसंग जोडेर स्थानीय अर्थतन्त्र र रोजगारीको अभिबृद्धि गर्ने गरि संचालन गर्न, गराउन पहल गरिने छ ।

५.धार्मिक, सास्कृतिक सम्पदाको संरक्षण र पर्यटनको बिकास

  • बुढानिलकण्ठ देखि शिवपुरी डाँडा सम्म केबुलकार संचालन र शिवपुरीमा भ्यु टावरको निर्माण गरि यस क्षेत्रमा पर्यटनको विकास गर्न पहल गरिने छ ।
  • चुन्डेश्वोरी – बुढानिलकण्ठ – कपन गुम्बा – गोकर्ण – पशुपति जोड्ने गरि धार्मिक पर्यटकिय पदयात्रा मार्गको निर्माण गर्नुका साथै उत्त क्षेत्रलाई धार्मिक सास्कृतिक पर्यटकिय क्षेत्रका रुपमा बिकाश गर्न पहल गरिने छ ।
  • बुढानिलकण्ठ, कपन, चुनिखेल लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित गर्न होम स्टे संचालनका निम्ति प्रोत्साहन गरिने छ ।

६.युवा एवं खेलकुद विकासका सम्बधमा

  • बुनपा -१० आकशेधारा स्थित हयाण्डबल मैदानमा अन्तर्राष्ट्रिय स्तरको बहुप्रयोगी कबर्डहल निर्माण गर्न पहल गरिने छ ।
  • बुनपा १३ चुनिखेलमा रहेको सुवर्ण समशेर अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई निर्माण पहल गरिने छ ।

७.सार्वजनिक जग्गाको उपयोगका सम्बन्धमा

  • यस क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरुको संरक्षण र व्यवस्थित गर्ने नीति निर्माणका लागि पहलकदमी लिइनेछ ।
  • यस क्षेत्रको खुला हरियाली भूभागमा पिकनिक तथा मनोरञ्जन र खेलमैदान सहितको पार्कको पूर्वधार निर्माण, संरक्षण र प्रवद्धन गरि व्यवस्थित ढंगले संचालन गर्न गराउन पहल गरिने छ ।

८.विपद व्यवस्थापनका

  • विपद व्यवस्थापनका लागि विपद कोष खडा गरि राहत, आर्थिक सहयोग, पुन : निर्माणका लागि समेत पुर्व तयारी योजना कार्यक्रम बनाई लागु गर्न पहल गरिने छ ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग