कांग्रेस ‘विचारशून्य रित्तो भाँडो’ भएकाले त्यो भाँडो भर्न र पैसा हसुर्न बुढीगण्डकी आयोजनामा चलखेल गरेको भन्दै ओलीले भने- देउवाजी उम्मेदवारलाई बाँडेको २३ करोड कहाँ बाट आयो?



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा चिनियाँ कम्पनी गेजुवाको सम्झौता खारेज गर्ने सरकारी निर्णयलाई विप्लवको पार्टीको गतिविधिसँग तुलना गरेका छन्।

‘विप्लव र यो सरकारमा के फरक छ?’ ओलीले सोधे, ‘कोही लुट्न जान्छन्, कोही लाइसेन्स खोस्छ। हिजो यही सरकारले लाइसेन्स दिएको हो।’

‘के कारणले गेजुवाको लाइसेन्स खारेज गरियो? अहिले चुनावको मुखमा किन खारेज गरियो? भनेजति चन्दा दिएन भनेर?’ ओलीले सोधे।
उनले चुनाव खर्च उठाउन सरकारले सम्झौता खारेज गरेको बताउँदै निर्वाचन अगाडि सम्झौता दिने र खारेज गर्ने काम बन्द गर्न माग गरे। उनले नयाँ सरकारले मात्र महत्वपूर्ण परियोजनाहरुको सम्झौता पुनर्मूल्यांकन गर्न पाउने तर्क पनि गरे।

उनले ‘बम प्रहार गर्ने’ र ‘लुटिखाने लोकतन्त्रको मसिहा’बीच पनि केही फरक नभएको बताए।
बम प्रहार गर्ने, आतंककारी गतिविधि गर्ने, लुटिखाने तत्वहरु र लुटिखाने लोकतन्त्रका मसिहा हुँ भन्ने तत्वमा के फरक छ? के साँठगाठ छ यिनीहरुमा?’

काठमाडौँका वाम गठबन्धनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा बोल्दै ओलीले सरकारले आफ्ना कार्यकर्तालाई २३ करोड रुपैँया बाँडेको आफूले सुनेको बताउँदै भने, ‘यो उहाँहरुले मनपरी गर्न पाउने उहाँहरुको पार्टीको सम्पत्ति हो?’
कांग्रेसप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका ओलीले भने, ‘कांग्रेससँग कुनै विचार छैन। विचारशून्य रित्तो भाँडो हो कांग्रेस। कांग्रेस कहिल्यै विचारको बहस गर्दैन, झुठा आरोप मात्र लगाउँछ।’
ओलीले कांग्रेस असली समाजवादी नभएको आरोप पनि लगाए। ‘कांग्रेस समाजवाद भनेपछि देशभित्र आत्तिन्छ, बाहिर समाजवादी हौं भनेर हात मोल्छ।’

बरु सोसलिस्ट इन्टरनेसनलको सदस्यबाट कांग्रेसले राजीनामा दिनुपर्ने पनि ओलीले सुझाए। ‘सोसलिस्ट इन्टरनेसनलको सदस्य छ, त्यसबाट किन राजिनामा दिँदैन? किन समाजवादी होइनौँ भन्न सक्दैन?’
उनले आफ्नो पार्टी लोकतन्त्रवादी हौँ भनेर कसैले प्रमाणित गरिदिनुनपर्ने पनि बताए। ‘हामी लोकतन्त्रवादी हौं भन्नका लागि सानेपाले आइएसओ प्रमाणित गर्नुपर्ने?’ ओलीले भने, ‘कांग्रेसले यस्तो भ्रम नपाले हुन्छ।’

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...