बाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण भएलगत्तै र ओलीले कडा प्रतिबाद गरे संगै आत्तिएर देउवाले दिए यस्तो सनसनीपूर्ण वयान!



प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका बेला उम्मेदवारमाथि भइरहेका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने बताएका छन ।

प्रधानमन्त्री देउवाले ठाउँ ठाउँमा भइरहेका आक्रमण तथा चुनाव विथोल्ने क्रियाकलापलाई सरकार तथा गृहमन्त्रालयले समेत गम्भीर रुपमा नजिकबाट हेरिरहेको भन्दै उनले ती घटनामा संलग्नलाई कारबाही हुने स्पष्ट पारे ।

पश्चिमका जिल्लाहरुमा चुनावी कार्यक्रममा भाग लिन निस्किएका प्रधानमन्त्री देउवाले मंगलबार (आज) नेपालगन्ज विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘छिटफुट घटनाहरु भइरहेका छन् तर, सरकारले चुनाव सुरक्षित र भयरहित बनाउनका लागि लागिपरेको छ,’ प्रधानमन्त्री देउवाले भने– ‘त्यस्ता घटनामा संलग्नलाई कारबाहीका लागि गृहमन्त्रालय अनि सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

देउवाले नेपालगन्जमा मंगलवार भएका मध्यपश्चिम सुरक्षा गोष्ठीलाईे सम्बोधन समेत गरेका थिए । त्यसक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्याल पनि सहभागी थिए । कार्यक्रम सबै सुरक्षा अंगका प्रमुखहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा गृहमन्त्री देउवाले निर्वाचनलाई भयरहित र सुरक्षित बनाउन निर्देशन दिए ।

‘चुनाव नजिकिइरहेको छ, चुनाव विरोधी अवाञ्छित गतिविधिहरु पनि भइरहेका छन्, त्यस्ता क्रियाकलापहरुलाई तुरन्त रोक्नुस र कारबाही गर्नु प्रधानमन्त्री देउवाले भने सरकार यो चुनाव भयरहित शान्त र सुरक्षित चाहन्छ त्यहीअनुरुप तपाईँहरु पनि मतदाता, उम्मेदवार र चुनावी सुरक्षामा खटिनुस्,’ देउवाले निर्देशन दिँदै भने ।

प्रधानमन्त्री देउवा ३० गते आफ्नो गृहजिल्ला तथा निर्वाचन क्षेत्र डलेल्धुरालगायतका जिल्लाहरुमा हुने चुनावी अभियानमा सहभागी हुन पश्चिम नेपालको भ्रमणमा निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग