घरदैलोमा पुगेर एमाले उम्मेदवारले नायक चलचित्रको ‘नायक’को शैलीमा कामगरेपछि जनता उत्साहित, कांग्रेस उम्मेदवार नै भेटिएनन्



कुनै समय यस्तो थियो, जननेता मदनकुमार भण्डारी साइकलमा निस्किदा उहाँको ‘सादाजीवन’को धेरैले प्रसंशा गर्ने गर्थे । उहाँको साइकल यात्रा प्रचारका लागि भन्दा पनि‘सादा जीवन उच्च विचार’ को नमूना थियो । उहाँ थुप्रै पटक साइकल यात्रामा निस्किएको र जनताको पीर–मार्का बुझ्ने गरेको उहाँका समकक्षीहरु अहिले पनि बताउने गर्छन् । यही काठमाडौँका गल्लीमा थुप्रै पटक साइकल यात्रा गर्ने मदन अहिले सम्झनामा मात्रै सिमिति हुनुहुन्छ । उहाँले नै प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को सिद्धान्त बोकेको नेकपा एमाले अहिले बाम गठबन्धनसहित चुनावी मैदानमा उत्रिएको छ ।
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा अहिले चुनावी प्रचार तीव्र गतिमा चलिरहेको छ । सबैले आ–आफ्ना एजेण्डासहित मतदातालाई प्रभावित पार्न विकासे एजेण्डा बाँड्दै हिडेका छन् । यसरी विकासे एजेण्डा बाँड्नेमा कांग्रेसका पूर्व र बहालवाला मन्त्रीहरु निकै कदम अघि छन् । यस भन्दा अघि पनि निर्वाचित भएका र निर्वाचन पछि जनताको घरदैलोमा एक–पटक पनि नपुगेका उनीहरु फेरि कृतिम मुस्कानसहित जनताको घरदैलोमा पुग्दा अधिकांश मतदाताले घुमौरो पाराले ती प्रतिनिधिलाई अस्वीकार गर्ने संकेत गरेका छन् ।

सिंहदरवारबाट झण्डा हल्लाउँदै वालुवाटार र मन्त्रीक्वाटर कुद्ने अधिकांश पूर्व र बहालवाला कांग्रेसका मन्त्री तारे होटलका गोष्ठी र सेमिनारमा डलरवालाले गरेका कार्यक्रममा सुकिलो–मुकिलो भएर चर्का भाषण गरे पनि मतदाताको घरदैलोमा भने नपुगेको गुनासो राजधानीका जनताले गर्ने गरेका छन् ।
यस्तो गुनासो गर्नेमाअन्य क्षेत्र जस्तै काठमाडौँ क्षेत्र नम्बर–९ काजनता पनि परेका छन् । अहिले बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कृष्ण गोपाल श्रेष्ठ, डा. अजयक्रान्ति शाक्य र केशव पोख्रेलबाट त्यस क्षेत्रका जनताले धेरै ठूलो अपेक्षा गरेका छन् । उहाँहरु तीनै जना नेता अहिले जनतालाई आश्वाशन दिने भन्दा पनि आफ्नो क्षेत्रको विकास निर्माणलाई ध्यानदिन थाल्नु भएको छ ।

अहिलेसम्म जनप्रतिनिधिका रुपमा एक पटक पनि निर्वाचन नलड्नु भएका डाक्टर शाक्यसहितका वाम गठबन्धनका नेता घरदैलोमा निस्किएपछि यस क्षेत्रका जनता निकै प्रभावित भएका छन् । जहा–जहाँ उहाँहरु पुग्नुहुन्छ । त्यहाँ–त्यहाँउहाँहरुले जनताका गुनासा सुन्ने र तत्काल कार्यान्वयनको प्रक्रियामा अघि बढाउने शैलीका कारण थुप्रै कांग्रेसी मतदाता पनि प्रभावित हुने गरेका छन् ।
अझनिकै लामो समय पर्दा बाहिर रहेर काम गर्नुभएका डा.शाक्यको काम गर्ने शैली देखेर यस क्षेत्रका वृद्ध–वृद्धा, युवा सबै निकै प्रभावित भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँको विज्ञान, प्रविधि, सामाजिक, साँस्कृतिक तथा विकास सल्लाहकारका रुपमा काम गर्नुभएका शाक्यले काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई विजयी गराउन पनि निकै ठूलो भूमिका खेल्नु भएको थियो । देखिएर भन्दा पनि भित्री रुपमा काम गर्न रुचाउने शैलीका शाक्यले अहिले चुनावी मैदानमा ओर्लिएपछि गरेको कामलाई यो क्षेत्रका धेरै मतदाताले उहाँको कामगर्ने शैलीलाई हिन्दी फिलिम नायकको ‘हिरो’को उपमा दिन थालेका छन् । ‘हामी काठमाडौँ महानगरपालिका भित्रका मतदाता हौँ,’ १४ वडाका एक मतदाताले शनिबार विहानै आफ्नो घरदैलोमा आइपुगेका डाक्टर शाक्यसँग भावुक हुँदै ती मतदाताले भन्नुभयो, ‘थुप्रै पटक हामीले यहाँबाट भोट हालेर जिताएर पठायौँ । उहाँहरु मन्त्री बन्नुभयो । झण्डावाल गाडीमा हुँकिनुभयो । तर, हाम्रो क्षेत्रदुर्गम र अविकसित जस्तै रहिरयो । उहाँहरुले जितेपछि विर्सिनुभयो । अहिले तपाईँले जुनखालको पहल गर्नुभएको छ । यो पटक रुखमा होइन मेरो भोट सूर्यमा जान्छ ।’
वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ९ ‘क’बाट प्रदेशसभाका लागि उम्मेदवार बन्नुभएका शाक्यले पनि अहिले त्यहाँका जनतालाई सपना बाँड्ने भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ‘म पहिलो पटक जनप्रतिनिधिका लागि उम्मेदवार बनेको छु,’ उहाँले भन्नुभयो, ‘जनतालाई ढुंगा पकाएर आलु पाक्दैछ भन्ने मेरो स्वभाव छैन । यस क्षेत्रका जनतालाई आवश्यक पर्ने बाटो–घाटो, पानीका लागि देखिने गरी पहल गर्ने गरेको छु ।’
उहाँले अहिले यो क्षेत्रमा सबै भन्दा बढी समस्या बाटो र ढलको व्यवस्था र खाने पानीको रहेको भन्दै पहिलो प्राथमिता त्यसैमा रहेको पनि बताउनुभयो । ‘यहाँका जनताले मलाई रोज्नु हुन्छ किहुन्न ?त्यो उहाँहरुको कुरा भयो,’ शाक्यले भन्नुभयो, ‘तर, मैले अहिले मेरो क्षेत्रमा जे–जे को समस्या पर्ने गरेको छ । त्यसत्यसको हलगर्ने प्रयास गर्दै आएको छु । यहाँका जनतानिकै खुशी भएको मेरो अनुमान छ ।’उहाँले यो क्षेत्रको भित्री शहर कला, संस्कृतिको धरोहर भएको क्षेत्र भएको भन्दै आफू निर्वाचित भएपछि दिलो ज्यानदिएर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । र त्यस क्षेत्रका जनता पनि उत्साहित भएर यो पटक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आतुर रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको