देउवा सरकारले डामेका पुलिस नवराज सिलवालको प्रचारमा,सिलवाललाई सघाउने यी हुन् तीन भाई एसएसपी



हाम्रो इकोनोमि

शेरबहादुर देउवाको सरकाका पालामा राज्यबाट पिडित बनेका पुर्व प्रहरी अधिकृतहरु नवराज सिलवालको चुनावि मोर्चामा सहभागी बनेका छन । राज्यले नै अन्याय गरेर नेपाल प्रहरीको १ नम्वर डिआईजी रहेका सिलवाललाई आईजीपी हुनबाट रोकेर ३ नम्बर वरियताका जयबहादुर चन्दलाई आईजीपी बनाएको थियो । पछि सरकारको निर्णयका विरुद्ध सर्वोच्च अदालत गएका सिलवाललाई आईजीपी बनाउन परमादेश दिए पनि बिभिन्न जालजmेल गरेर २ नम्वरका प्रकाश अर्याललाई आईजीपी बनाएको थियो । सरकारले गरेको अन्यायका विरुद्ध राजीनामा दिएर राजनितीमा होमिएका सिलवाललाई नेकपा एमालेले अहिले ललितपुर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ । उनि अहिले न्याय माग्दै जनताको माजmमा छन ।

यसैबिच सिलवाल जस्तै अन्यायमा परेका पुर्व प्रहरी अधिकृतहरु पनि उनलाई सहयोग गर्न जुटेका छन । उनिहरुले सिलवालको चुनावी मोर्चामै सहभागी भएर प्रचार प्रसारमा जुटेका छन । यस्तैमा एक हुन पुर्व एसएसपी यादव राज खनाल । दरवन्दि र उमेर हुदा हुदै प्रहरी सेवाबाट जबरजस्ति गल्हत्याइएका खनालले आईतबारदिनभरि सिलवालको निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा बिताएका छन । ईन्सपेक्टरको ७५ औं टोलीका तालिमे सिलवालसंगै तालिम गरेका खनालले उनलाई जितको शुभकामना समेत दिएका छन । त्यसैगरि ७५ औं टोलीका पुर्व एसएसपी वलराम शर्मा पौडेलले पनि निर्वाचनमा सिलवाललाई सघाउन ललितपुर १ मा जाने भएका छन । दरवन्दि र उमेर हुदा हुदै उनलाई पनि यो सरकारले अघिल्लो साता मात्रै अन्याय गरेर अनिवार्य अवकास दिएको थियो । १ नम्बरमा हुदा हुदै पनि डिआईजी बढुवामा नपारेर अनिवार्य अवकास पाएका ७५ औं टोलीका पुर्व एसएसपी लव विष्टले पनि नवराज सिलवाललाई जितको शुभकामना दिएका छन ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...