पूर्व मन्त्री एमाले नेता राईमाथी बम प्रहार, अंगरक्षक गम्भीर घाइते



हाम्रो इकोनोमि

उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट गराउने कार्यले तिब्रता पाउन थालेको छ। नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता बर्षमान पुन र जनार्दन शर्मामाथी बम प्रहार भएको घटना सेलाउन नपाउँदै भोजपुरमा एमाले नेता शेरधन राईमाथी बम प्रहार गरिएको छ । भोजपुरबाट प्रदेशसभामा उम्मेद्धार बनेका राईलाई लक्षित गरी बम प्रहार गरिएको थियो । राई सकुशल भएपनि उनका अंगरक्षक भने घाइते भएका छन् ।

केही दिनअघि रुकुम र रोल्पामा शर्मा र पुनलाई लक्षित गरी बम प्रहार गरिएको थियो । मंगलबार राईलाई लक्षित गरी भोजपुरको सिमाना रहेको पिखुवा खोलामा बम प्रहार गरिएको थियो । गोगनेको आमसभामा जान लागेका राईलाई पिखुवा खोलाको सडक घुम्ति पारेर बम प्रहार गरिएको थियो । राई चढ्को गाडी लक्षित गरी प्रहार गरिएको बम लागेर अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाको हातमा सामान्य चोट लागेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...